प्रतिष्ठानको भवन निर्माणमा सहयोग पुर्याउन युएइमा सांस्कृतिक कार्यक्रम ।

श्रीकृष्ण सिग्देल/स्याङ्जा :
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान केन्द्रीय कार्यालयको भवन निर्माणमा सहयोग पुर्याउन भन्दै युएइमा साँस्कृतिक कार्यक्रम गरिने भएको छ । प्रतिष्ठान युएई शाखाको आयोजनामा यही जुलाई १२ शुक्रबारका दिन दुबई स्थित क्लब एभरेष्टमा बिबिध साँस्कृतिक कार्यक्रम हुन लागेको हो । केन्द्रिय भवन निर्माणको सहयोगार्थ कार्यक्रम गरिन लागेको युएई शाखाका अध्यक्ष गोपिकृष्ण पंगेनीले जानकारी दिनुभयो । प्रथम बार्षिकोत्सव तथा साँस्कृतिक कार्यक्रम सफल बनाउनको लागि नेपाल बाट चर्चित लोक दोहोरी गायक पशुपति शर्मा तथा मोडेल नायिका अञ्जली अधिकारी लगायतको कार्यक्रममा सहभागिता रहने अध्यक्ष पंगेनी बताउनु भयो ।
युएईमा कर्मथलो बनाएर बसेका चर्चित कलाकारहरुको साथमा नेपाल बाट जाने कलाकारहरुको प्रस्तुती रहने बताईएको छ । कार्यक्रम दिनको ३ बजे सञ्चालन हुने छ । करिब एक बर्ष पहिले स्थापना भएको युएई शाखाले पहिलो पटक कार्यक्रम गर्न लागेको हो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


