लायन्स क्लव गल्याङकोे अध्यक्षमा जनक कुमार श्रेष्ठ ।

नारायण विश्वकर्मा/गल्याङ
लायन्स क्लव अफ गल्याङ् सिटीकोे अध्यक्षमा जनक कुमार श्रेष्ठले जिम्मेवारी लिनु भएकोे छ ।
स्याङ्जाको गल्याङ बजारमा भएको पदहस्तान्तरण कार्यक्रममा लायन्स क्लब आफ गल्याङ् सिटीका वर्ष १८/१९ का अध्यक्ष दुर्गा प्रसाद भण्डारीले वर्ष १९/२० का अध्यक्ष श्रेष्ठलाई पद हस्तान्तरण गर्नु भएको हो ।
कार्यक्रममा गल्याङ् नगरपालिकाका प्रमुख भुपराज अधिकारीले सहयोगको भावना सवैमा हुनुपर्ने भन्दै सम्पुर्ण गल्याङ् वासीमा पनि लायन्सको जस्तै भावना हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले समाज सेवाको सन्दर्भमा लायन्स क्लवको अभियान उत्कृष्ट भएका कारण दुइ सय १० वटा देशमा यसको संगठन विस्तार भएको बताउनुभयो ।
वर्ष २०१९/२० अध्यक्ष श्रेष्ठले पद ग्रहण गर्दै समग्र गल्याङकोे विकास र उन्नतीका लागि प्रत्येक महिना एउटा एउटा कार्यक्रम अनिर्वाय सञ्चालन गर्ने प्रतिवद्धता जनाउनुभयो ।
उहाँले गल्याङ नगरपालिकामा हुने विभिन्न सामाजिक गतिविधीमा लायन्सलाई उच्चतम प्रयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा लायन्स क्लब आफ गल्याङ् सिटीका वर्ष १८/१९ का अध्यक्ष दुर्गा प्रसाद भण्डारीले आफ्नो कार्यकालमा वृक्षरोपण, स्वास्थ्य शिविर, वृद्धवृद्धालाई सहयोग, ह्विल चियर वितरण, तीज महोत्सव लगायतका काम गरिएको जानकारी दिनुभयो ।
पहिलो चरणको कार्यक्रमको सञ्चालन लायन्स वर्ष १८/१९ का सचिव यज्ञ प्रसाद अर्यालले गर्नुभएको थियो भने दोस्रो चरणको कार्यक्रमको संचालन लायन्स वर्ष १९/२० का सचिव कृष्ण भट्टराइले गर्नुभएको थियो । स्वागत मन्तव्य वर्ष लायन्स १८/१९ का तृतिय उपाध्यक्ष पितम खड्काले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


