एलआईसी वालिङले दियो मृतकका परिवारलाई विमाको दावी भुक्तानी ।


आँधीखोला खवर/वालिङ :
लाईफ ईन्स्योरेन्स कम्पनी वालिङले दावी भुक्तानी गरेको छ । कम्पनी मार्फत विमा गरेकी वालिङ १४ की २८ वर्षिया लक्ष्मी कुमारी शर्मा डुम्रेको परिवारलाई विमा वापतको रकम भुक्तानी गरिएको हो । लक्ष्मीको गत वैसाख १६ गते निधन भए पछि उहाँका श्रीमान् केशव प्रसाद डुम्रेलाई विमा दावी वापतको रकम हस्तान्तरण गरिएको हो ।
विक्रम सम्वत २०७१ मा रु ५ लाखको विमा गरेकी लक्ष्मीको परिवारलाई रु ५ लाख ९४ हजार ८० रुपैया प्रदान गरिएको एलआईसी वालिङका शाखा प्रमुख नरेन्द्र विष्टले जानकारी दिनुभयो ।
कम्पनीले अभिकर्ताहरु रविन्द्र कुमार गुरुङ र सुर्य प्रसाद शर्माको उपस्थितीमा विमाको दावी भुक्तानी गरेको जनाएको छ ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…