स्याङ्जाको हरिनासमा भेटिएको विरामी चितुवालाई उपचारका लागि चितवन लगियो ।


आँधीखोला खवर/स्याङ्जा :
स्याङ्जाको हरिनास गाउँपालिका सालडाँडा गाउँमा भेटिएको बिरामी चितुवा उद्धार गरी उपचारका लागि चितवन लगिएको छ । स्थानीयको सूचनाको आधारमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले घाइते चितुवाको उद्धार गरेको हो ।
६ महिनाको चितुवा कम्जोर अवस्थामा भेटिए पछि गाउँलेले बिरामी चितुवाको उद्धार गरेका थिए । स्थानीय युवा मिलन राज श्रेष्ठले बिरामी चितुवा उद्धारका लागि एक्यपालाई खबर गर्नु भएको हो । हरिनास गाउँपालिका एक्यापको कार्य क्षेत्र नपर्ने भए पनि उद्धार गरेको हो । बिरामी चितुवाको उद्धार गरेर प्रकृति संरक्षण कोष अन्तर्गत जैविक संरक्षण केन्द्र सौराहमा लगेर उपचार भइरहेको एक्यापका संरक्षण अधिकृत शैलेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।

चितुवा बाहिरी रुपमा चोटपटक नदेखिए पनि हिँड्दा हिँड्दै ढल्ने कम्जोर देखिएपछि उपचारका लागि जैविक संरक्षण केन्द्र सौराहमा लगिएको उहाँले सुनाउनु भयो । डिभिजन वन कार्यालय तनहुँ, डिभिजन वन कार्यालय स्याङ्जाको समेत सहयोगमा उद्धार गरि चितुवाको उपचार सुरु भएको उहाँले बताउनु भयो । उपचार पछि चितुवालाई प्राकृतिक वावस्थानमै छाडिने पनि उहाँले स्पष्ट पार्नु भयो पोखरामा उपचारका लागि प्रविधि सहितको जंगली जनावरको उपचारकालागि अस्पताल नभएको र दक्ष जनशत्ती पनि नभएकोले उपचारकालागि सौराहा लग्नु परेको बताईएको छ ।
चितुवा पछिल्लो समयमा बस्ती भएको क्षेत्र गाउँ र शहरमा झरने गरेका छन्न् कुकुरलाई आहाराको रुपमा खान चितुवा सहर पस्ने र उज्यालो भएपछि सहरमा भुल्ने हुँदा यो समस्या आएको यादवले बताउनु भयो । पछिल्लो समयमा नागरिक स्थरमा पनि जंगली जनावरको संरक्षण गर्नु पर्छ भन्ने धारण विकास हुँदै गएको उहाँले सुनाउनु भयो ।(शैलेन्द्र कुमार यादव र कृष्णमणि वरालको सहयोगमा)
समाचार
थप सामाग्री
सेतो पुतलीबाट लाग्ने ‘सापु’ को जोखिम बढ्दै, आँखाको दृष्टि नै गुम्न सक्ने खतरा ।
४ दिन अगाडि
काठकाण्डौ: सेतो पुतली मुख्य कारक मानिने दृष्टिनाशक रोग ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू)का बिरामीहरू केही समयता काठमाडौँका विभिन्न ठाउँमा देखिएको…