कालिगडकीको जलाशयमा सञ्चालित स्टिमर सेवा बन्द हुँदा सर्वसाधारण मर्कामा ।

अमृत पौडेल/स्याङ्जा :
कालीगण्डकी ‘ए’ जलविद्युत आयोजना निर्माणको क्रममा बनेको जलाशयमा सञ्चालित जल यातायात (स्टिमर सेवा) वर्षायामसँगै बन्द हुँदा त्यस क्षेत्रका जनता मर्कामा परेकाछन् । वर्षा याम लागेसँगै जलयातायात बन्द हुनुका साथै ग्रामिण सडक अस्तव्यस्त अवस्थामा रहदा त्यस क्षेत्रका जनता प्रभावित भएका हुन् ।
नदीमा पानीको बहाव बढेपछि दुर्घटना बढ्ने खतराले जलयातायात स्थगित गरिएको कालीगण्डकी जल यातायात समितिका अध्यक्ष डोलराज भट्टराईले जानकारी दिनुभयो ।
यातायात सेवा स्थगित भएपछि स्याङ्जा, पर्वत र गुल्मी जिल्लाका ग्रामीण क्षेत्रका बासिन्दा यातायातको सुविधाबाट वञ्चित बनेका छन् । व्यवसायिक रुपमा १९ वर्षदेखि स्टिमर सञ्चालन हुँदै आएको छ । जसबाट स्याङ्जा, पर्वत र गुल्मीका विभिन्न ठाँउका बासिन्दाले नौ महीनासम्म यातायातको प्रत्यक्ष सुविधा उपभोग गर्दै आए पनि वर्षातको समयमा भने तीन महीना अवरुद्ध हुने गरेको छ । स्याङ्जाको कालिगण्डकी गाँउपालिका वडा नम्वर ७ मिर्मीबाट दक्षिण पर्वतको विहादी गाउँपालिका–६ सम्म झण्डै आठ किलोमिटरको दूरीमा जलयात्रा सञ्चालन हुँदै आएको छ ।
यातायात अवरुद्ध हुँदा दैनिक आधा घण्टामा सकिने यात्रा चार घण्टा पैदलयात्रा गर्नुपर्ने बाध्यता भएको छ । हिँउदको समयमा सस्तो शुल्कमा मालसामान ढुवानी गर्न पाएका स्थानीयवासी यातायात अवरुद्ध हुँदा खच्चर मार्फत महँगो शुल्कमा ढुवानी गर्न बाध्य बनेको स्थानीय व्यवसायी बताउछन् ।
विसं २०५७ देखि सञ्चालनमा आएको सो सेवाबाट यात्रा तथा सामान ढुवानी गर्न निकै सहज भएको स्थानीयले बताए । स्टिमरबाट दैनिक एक हजारभन्दा बढी मानिस ओहोरदोहोर गर्ने गरेको समितिका अध्यक्ष भट्टराईले जानकारी दिनुभयो । उहाँले वर्षाको समय बाहेको अन्य समयमा समिति मार्फत दैनिक १० वटा स्टीमर सञ्चालन गरिदै आएको बताउनु भयो ।
समाचार
थप सामाग्री-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
-
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
खेम सारुमगर र गोपाल जिटीलाई कञ्चन पत्रकरिता पुरस्कार
४ हप्ता अगाडि
पोखरा : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’ खेम सारुमगर (कास्की) र गोपाल जिटी (स्याङ्जा)…


