कालिगण्डकीमा चापाकोट र रामपुर जोड्ने पक्की पुल निर्माण ।

प्रदेश नं ५ र गण्डकी प्रदेशलाई जोड्ने कालीगण्डकीको गौरीघाटमा पक्की पुल निर्माण गरिएको छ । पाल्पाको रामपुर नगरपालिका–६ र स्याङ्जाको चापाकोट नगरपालिका– ७ जोड्ने कालीगण्डकी नदी पुल गौरीघाटको हालैमात्र निर्माण कार्य सम्पन्न गरी सडक डिभिजन कार्यालय पाल्पालाई हस्तान्तरण गरिएको छ ।
जेभी काठमाडौँको डिजाइनमा सपना हिमदुङ एण्ड थोकर निर्माण कम्पनीले विसं २०७२ फागुन १६ गते शिलान्यास गरेर पुल निर्माणको काम अगाडि बढाएको हो । एक सय ७४ मिटर लम्बाइ, आठ मिटर चौडाइ रहेको पक्की पुल नेपाल सरकारको रु १५ करोड ११ लाखको लागतमा निर्माण सम्पन्न भएको निर्माण कम्पनीका प्रतिनिधि एवं चापाकोट नगरपालिका–६ का अध्यक्ष एकदेव भट्टराई बताउनुहुन्छ ।
“यही असार मसान्तभित्रै पुल निर्माणको काम सम्पन्न गर्न सफल भयौँ, अहिले पुल सञ्चालनमा आइसकेको छ, वर्षाको समय भएकाले मोटरसाइकल पैदल यात्रीबाहेक ठूलाठूला सवारी साधानलाई १५ दिन आवतजावत गर्न रोक लगाइएको छ”, उहाँले भन्नुभयो ।
पाल्पाको रामपुर नगरपालिका ६ र स्याङ्गजाको चापाकोट नगरपालिका ७ जोडने कालीगण्डकी नदीको पुलबाट वारपार गर्दै स्थानीय । पुल हालैमात्र निर्माण कार्य सम्पन्न गरी सडक डिभिजन कार्यालय पाल्पालाई हस्तान्तरण गरिएको छ । तस्वीर : सुशीला रेग्मी
कालीगण्डकीमा निर्माण कार्य शुरु भई वर्षौंसम्म अलपत्र अवस्थामा पुल निर्माणको प्रक्रिया रोकिएकाले रातदिन नभनी छिटोछरितारुपमा पुल निर्माणको काम सकिएको भट्टराईले बताउनुभयो । पक्की पुल नहुँदा गाडीमा वारपार गर्न समस्या झेल्दै आउनुभएका चापाकोट नगरपालिका– ७ का स्थानीय टुकप्रसाद ढकाल अहिले घरदैलोमै पुल बनेपछि खुशी व्यक्त गर्नुभयो ।
पुलबाट नदी वारिपारी गाडीमा यात्रा गर्न, गाउँघरमा उत्पादित कृषिजन्य सामग्री गाडीमा ओसारपसार गर्न सजिलो हुने भएपछि यस क्षेत्रका स्थानीयलाई धेरै फाइदा पुग्ने रामपुरका प्रेम दर्जी बताउनुहुन्छ । पाल्पाको रामपुर नगरपालिका, निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका, स्याङ्जाको चापाकोट नगरपालिकालगायतका स्थानीयवासी यस पुलबाट प्रत्यक्ष लाभान्वित भएका छन् । रासस
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


