पहिले फालिन्थे,अहिले विरुवा लिनेको घुँईचो ।

सुशील सुबेदी/स्याङजा :
मानिसको लाईन छ , तँ छाड — म छाड छ । कोही हातमा बेर्ना लिएर हँसिलो मुहार भएर फर्किदैँ छन् , कोही भने पालो पर्खिदैँ ।
यो दृश्य थियो , डिभिजन वन कार्यालय स्याङजाको । ४ महिना अगाडि बिरुवा लिन नाम दर्ता गराएका गल्याङ— १० , दुबिन डाँडाका डोलराज खनाल निकै खुशी हुनुहुन्थ्यो । कागतीको विरुवा लिन आएका खनाल बाँदर आतङ्कबाट आजित हुनुहुन्छ । बाँदरले आफ्नो गाउँका १६ घर बिस्थापित गरेको स्मरण गर्दै उहाँले भन्नुभयो, ‘बाँदरले सबै सखाप पारेको छ । खेतबारी बाँझै छन् , अब कागती नै यसको बिकल्प रहेछ । हामि व्यवसायिक खेती गर्ने सोँचमा छौँ ।’
बिगतका बर्षहरुमा वन कार्यालयमा बिभिन्न प्रजातीका बेर्ना त्यसै फालिन्थे । यस बर्ष भने बेर्ना लिन डिभिजन बन कार्यालय आउनेको संख्यामा बृद्धी भएको छ । आर्थिक बर्ष २०७५ ÷७६ को नयाँ कार्यक्रम अन्तर्गत डिभिजन वन कार्यालय स्याङजाले दुई लाख बेर्ना बितरण गरेको हो ।
‘बिगतका बर्षहरुमा रुख प्रजातीलाई प्राथमिकता दिने चलन थियो । तर आर्थिक बर्ष ७५ ÷७६ को कार्यक्रममा फलफुल तथा सौन्दर्यबर्धक बिरुवा प्राथमिकतामा राख्दै बितरण गरेका छौँ ’ , वन अधिकृत कोमलराज काफ्लेले भन्नुभयो,‘ यो नयाँ कार्यक्रम भएकाले पनि जनता उत्साहीत भएको हुन सक्छ ।’ नर्सरीमा हार्डेनीङ अफ गरेको बिरुवा भएको कारण यहाँबाट बितरण गरिएको सबै बिरुवा गुणस्तरीय भएको काफ्लेको भनाई छ ।
एकल व्यक्तीलाई अधिकतम एक सय वटा र सामुहिक नाम दर्ता गराएका कृषकलाई माग अनुशार बिभिन्न प्रजातीका बिरुवा बितरण गरिएको थियो । समुहगत बिभिन्न सहकारी संस्था , कृषक समुह लगाएतले बिरुवा लगेकाछन् । यसैगरि जिल्लाभरका बिभिन्न वडा कार्यालय , सरकारी कार्यालय पनि वन कार्यालय मार्फत बिरुवा लैजाने र बिरुवा रोपण गर्ने अभियानमा लागे ।

जिल्लामा बाँदर समस्या भएको कारण बाँदरले नखाने फु्रट प्रजातीका कागती र टिमुर लगाएतका बिरुवा सबैभन्दा माग रहेको सहायक वन अधिकृत पुण्य प्रशाद भारतीले बताउनु भयो । गल्याङ , पुतलिबजार र वालिङमा यस्ता बिरुवा बढी खपत भएको भारतीले जानकारी दिनुभयो ।
बाँझो जमिनमा रुख जन्य , बाँदर लाग्ने क्षेत्रमा काँडा सहितको फलफुल प्रजाती र घरवरपर सजाबटको रुपमा कपुर , अशोका र धुपी जस्ता बिरुवा अत्याधीक खपत भएको सहायक बन अधिकृत बसन्त केशब अधिकारीले बताउनु भयो ।
समुहलाई प्राथमिकता दिँदै पकेट क्षेत्र अन्तर्गत बिभिन्न स्थान पहिचान गर्दै माटो र भुगोल सुहाउँदो फलफुलको बेर्ना बितरण गरिएको अधिकारीले जानकारी दिनुभयो । चापाकोटमा आँप र कटहरको सम्भावना रहेकोले ९ र १० नं वडामा आँप र कटहरको बेर्ना वडा कार्यालय मार्फत पठाइएको अधिकारी बताउनु हुन्छ ।
पकेट क्षेत्रमा समृद्धी ल्याउने र युवा पुस्तालाई फलफुल खेती तर्फ आकर्षीत गर्न रुद«ाक्ष , एभोकाडो , अाँप , लिच्ची , निम , कटहर ,कागती , टिमुर लगाएतका फलफुल बितरण गरिएको थियो ।
जिल्लामा वन समन्बय समिती मार्फत वन क्षेत्रका कार्यक्रम छलफल गर्दै अघि बढाईएको कारण वन कार्यालयको कार्यक्रम प्रभाबकारी रहेको वन अधिकृत काफ्लेले बताउनु भयो । यस बर्ष बैज्ञानिक वन व्यवस्थापन , वृक्षारोपण , फलफुललाई प्राथमिकता लगाएतका नमुना कार्य गरिने काफ्लेलेको भनाई छ ।

Facebook Comments Box
TOP