जनता आवास कार्यक्रमको लापरवाहीका कारण भीरकोटका तिन परिवार विस्थापित ।


एशिव शरण महत/भीरकोट :
जनता आवस कार्यक्रमको लापरवाहीका कारण स्याङ्जाको भीरकोट नगरपालिकाका तीन घर—परिवार विचल्लीमा परेकाछन् । वडा न. १ स्थीत अलैचीखोलाका माझी वस्तीका तीन घर जनता आवास कार्यक्रमले निर्माण गर्ने गरी काम शुरु गरेको थियो । दुई वटा घरको विपिसी कसी छोडेको र एक घरको जग मात्रै खनेर महिनौ सम्म वेपत्ता भएकोे भन्दै पीडितले दुखेसो गरेकाछन् ।

भीरकोट नगरपालिकाका ४ वटा वडामा जनता आवास घर निर्माण समिति गठन गरी ५० घरहरु निर्माण को लागि सम्झौता गरिएको थियो । सम्झौता अनुशार केही १०/१२ घर निर्माण सम्पन्न भएता पनि अधिकांश घरहरुको निर्माण अस्त व्यस्त रहेको छ । निर्माण सम्पन्न भएका घरहरुले समेत पहिलो किस्ता पनि नपाएको बताएकाछन् ।
अलैचीखोला टोल विकास समितिका संयोजक राजकुमार का अनुसार डिल वहादुर वोटेको जनता आवास कार्यक्रमले घर वनाउने क्रममा पुरानो घरको नजिकै नयाँ घरको जग खनी छोडी दिएकोछ । वर्षाले घर भत्काईदिए पछि उनीहरु अहिले घरवार विहिन मात्रै होईन सवै लत्ता कपडा र खाद्यान्न समेत पहिरोले पुरी दिएको छ । कष्टकर दैनिकी विताउन वाध्य भएका परिवारलाई भीरकोट नगरपालिकाले राहत प्रदान गरेको छ ।

जनता आवसले घर निर्माण गरीदिने भएपछी माझी वस्ती हर्षित थिए तर अहिले सम्म घर निर्माण नहुँदा नगरपालिका धाउनु परेको पिडित परिवारको गुनाशो छ । स्थानीय स्तरमा नै पुगी पिडित घरपरिवारको अवस्था हेरे पछि नगर प्रमुख छायाराम खनालले जनता आवासले घर निर्माण नगरे त्यस्तै प्रकारको घर नगरपालिकाले बनाईदिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । उहाँले जनता आवासले समयमा नै घर निर्माण नगरिदिनु दुखद भएको भन्दै उसलाई पनि छिटो काम सक्न ताकेता गरिने बताउनु भयो ।

स्थानीय डिल वहादुर वोटेको घर जरै देखी भत्कीएर घरवार विहिन भएका थिए । उहाँको परिवारलाई नगरपालिकाले खाद्यान्न र आवास निमार्णको लागि जस्तापाता लगायतका सामाग्री प्रदान गरेको हो । अन्य परिवारलाई पनि आवश्यक सहयोग नगरपालिकाले गर्ने प्रमुख खनालले जानकारी दिनुभयो ।

समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…