विश्वकप फाइनल : न्युजिल्यान्ड र इंग्ल्यान्ड भिड्दै ।

विश्वकप क्रिकेटको फाइनलमा आज न्युजिल्यान्ड र घरेलु टोली इंग्ल्यान्डबीच उपाधिको लागि प्रतिस्पर्धा हुँदैछ । क्रिकेटको ‘घर’ लर्ड्समा हुने फाइनल खेल नेपाली समयअनुसार सवा ३ बजे सुरु हुनेछ । पहिलो पटक दुवै टिम उपाधि जित्ने लक्ष्यमा हुनेछन् । योभन्दा अघि यी दुवै टिमले विश्वकप क्रिकेटको उपाधि उचाल्न सकेका छैनन् ।
सेमिफाइनलमा १८ रनले भारतलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको न्युजिल्यान्डको उच्च मनोबल छ । घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै ऐतिहासिक दिन बनाउने लक्ष्यमा न्युजिल्यान्ड छ । विश्वकपको उपाधि जितेमा न्युजिल्यान्डले अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धी हासिल गर्नेछ ।
यता, इंग्ल्यान्ड पनि आफ्नै घरेलु मैदानमा उपाधि जित्दै ऐतिहासिक जित बनाउन चाहन्छ । पाँच पटकको विजेता अष्ट्रेलियालाई ८ विकेटले हराउँदै इंग्ल्यान्ड फाइनलमा प्रवेश गरेको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


