विश्वकप क्रिकेट : पहिलो सेमिफाइनलमा भारत र न्यूजिल्याण्डबीच प्रतिस्पर्धा
आईसीसी एकदिवशीय विश्वकप क्रिकेट अन्तर्गत भारत र न्यूजिल्याण्डले पहिलो सेमिफाइनलमा मंगलबार प्रतिस्पर्धा गर्दैछन् ।
यो खेल म्यानचेस्टरको वर्ल्ड ट्राफोटमा नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ । इन्ज्यूरीका कारण केही समस्या झेल्नु परे पनि भारतीय टिमले लिग चरणमा आफूले खेलेका ८ मध्ये ७ खेलमा जित निकालेर अकतालिकाको शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो । तर पछिल्ला ३ खेलमा लगातार पराजयका बाबजुद उसले अंक तालिकाको चौथो स्थानमा रहेर सेमिफाइनल प्रवेश निश्चित गरेको हो । पाकिस्तानसँग समान ११ अंक भएपछि नेट रनरेटमा न्यूजिल्याण्डको भाग्य चम्किएको हो ।
भारतीय शीर्ष ब्याट्सम्यान रोहित शर्माले जारी विश्वकपमा ५ शतक प्रहार गरी एकै विश्वकपमा सर्बाधिक शतकको कीर्तिमान राखेका छन् । एकै विश्वकपमा सर्बाधिक रन बटुल्ने भारतीय ब्याट्सम्यान सचिन तेन्दुल्करको ६७३ रनको कीर्तिमानबाट उनी मात्र २६ रनले टाढा छन् । भारतीय ओपनिङमा रोहितको जोडी लोकेस राहुलले पनि पछिल्ला २ खेलमा क्रमश: ७७ र १११ रन बटुलेका छन् ।
सन् २०१५ को उपविजेता न्यूजिल्याण्डले जारी विश्वकपमा मिश्रित प्रदर्शन गरेको छ । बलरहरुको सानदार प्रदर्शन र ब्याटिङमा कप्तान केन विलियमसनको दूरदर्शी नेतृत्वका कारण उसले सुरुवाती ६ मध्ये ५ खेलमा जित हासिल गरेको थियो । जसमध्ये भारतसँगको खेल वर्षाका कारण रद्ध भएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


