गल्याङमा बृहत निशुल्क योग तथा बिसेषज्ञ आयुर्वेद शिबिर हुदै ।

नारायण विश्वकर्मा/गल्याङ् :
स्याङ्जाको गल्याङ् नगरपालिका–३, गल्याङ बजारमा बृहत निशुल्क योग तथा बिसेषज्ञ आयुर्वेद स्वास्थ्य शिबिर हुने भएको छ ।
गण्डकी प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयको आयोजनामा स्वास्थ्य जीवन अभियान कार्यक्रम अन्तर्गत असार २५ गते देखि २७ गते सम्म बृहत निशुल्क योग शिबिर हुने भएको हो । गल्याङ बहुमुखी क्याम्पसको प्रांगणमा हुने शिविर बिहान ६ बजे ८ बजे सम्म सञ्चालन हुने छ ।
२७ गते बिसेषज्ञ आयुर्वेद शिबिर आयोजना गरिएको मन्त्रालयका कार्यक्रम संयोजक नविन किरण भुसालले जानकारी दिनुभयो ।
‘हिजो आज नसर्ने रोगहरुको प्रकोप बढिरहेको छ, नसर्ने रोगहरुको कारणले अकालमा मृत्यु हुने दर बढिरहेको छ ।’ उहाँले भन्नुभयो, ‘ शिबिरले योग जीवनशैली व्यवस्थापन र आयुर्बेदको माध्यमबाट यस्ता समस्याको न्यूनीकरण गर्न सहयोग गर्छ ।’
शिविरमा डा योगी विकासानन्दको योग प्रशिक्षण गर्नुहुने छ ।
२७ गते बिहान ९ बजे देखि ४ बजे सम्म बिशेषज्ञ आयुर्वेद चिकित्सक हरुवाट निशुल्क स्वास्थय परिक्षण निशुल्क औसधि वितरण प्रयोगशाला सेवा सहित बिसेषज्ञ आयुर्बेद स्वास्थ्य शिबिर संचालन हुने छ ।

Facebook Comments Box
TOP