पुष्पलालको योगदान कसैले भुल्न सक्दैन-सांसद मरासिनी, हरिनासमा पुष्पलालको शालिक अनावरण ।

आँधीखोला खवर/हरिनास :
स्याङ्जाको हरिनास गाँउपालिका ३ पिपल डाँडामा नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठको शालिक अनावरण गरिएको छ । संस्थापक महासचिव श्रेष्ठ को ४१ औं स्मृति दिवसको अवसर पारेर शालिक अनावरण गरिएको हो ।

कार्यक्रममा बोल्दै संघीय सांसद नारायण प्रसाद मरासिनीले पुष्पलालको योगदान कुनै नेपालीले भुल्न नसक्ने बताउनु भयो । उहाँले जनताको वास्तविक अवस्था वुझेर नै पुष्पलालले तत्कालिन अवस्थामा कम्युनिष्ट पार्टीको स्थापना गरेको स्पष्ट पार्नु भयो । सरकारले जनताको आवश्यक्तालाई प्राथमिकतामा राखेर काम गरिरहेको सांसद मरासिनीको भनाई छ ।
नेकपा हरिनास गाउँ कमिटीको आयोजनामा भएको कार्यक्रममा हरिनास गाउपालिका अध्यक्ष खिमनारायण मानन्धर, फेदिखोला गाउपालिका अध्यक्ष घनश्याम सुवेदी, नेकपा जिल्ला कमिटी सदस्य विश्व पौडेल, विष्णु वहादुर चन्द, स्याङ्जा चेम्बरका वरिष्ठ उपाध्यक्ष श्री गुरुङ लगायतले बोलेका थिए ।
हरिनास गाउँ कमिटीका अध्यक्ष मनोरथ शर्माको सभापतित्वमा भएको कार्यक्रम संचालन सचीव प्रेम हमालले गर्नुभएको थियो ।


समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
२ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


