चापाकोटमा बनिरहेको गुप्त वि.क स्मृति भवनको काम अन्तिम चरणमा ।

नारायण विश्वकर्मा/गल्याङ :
चापकोट नगरपालिका–९, सुन्तलीटारमा निर्माणधीन गुप्त वि.क स्मृति भवनको ९० प्रतिशत काम सम्पन्न भएको छ । स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत विनियोजित २० लाख रुपैयाँ वजेटमा भवन निर्माण कार्य भईरहेको हो ।
निर्माण समितिका संयोजक सितारामा गैरेले दुइ तले पक्की भवन करिव ९० मिटर सार्वजनिक जग्गामा फैलिएको बताउनु भयो । उहाँले भवनको माथिल्लो तलामा तीन कोठा र तल्लो तलामा सटर सहित दुई ओटा कोठा रहेको जानकारी दिनुभयो । ‘माथिल्लो र तल्लो तलामा छुट्टा छुट्टै सौचालय र वाथरुम छन ।’ गैरेले भन्नुभयो,–‘भवनलाई चारै तर्फबाट बाउण्डरी गरिएको छ ।’
‘संविधान सभाका सदस्य मुक्ति प्रसाद पाठकले तत्कालिन समयमा सांसद विकास कोषबाट विनियोजन गरेको दश लाख रुपैँयाले तल्लो तलाको काम सम्पन्न गरेका हौँ ।’ उहाले थप्नुभयो,–‘माथिल्लो तलाको काम, वाउण्डरी र बाँकी काम स्थानीय पुर्वाधार विकास साझेदारीको २० लाख रुपैयाँले गरेका छौँ ।’

यसरी मृत्यु भएको थियो गुप्त वि.क को :
सुन्तलीटारबाट तीन किलोमिटर पर कान्छीबजारमा २०५८ साल कार्तिक १७ गते तत्कालिन माओवादीको आक्रमणबाट हात खुट्टा भाँच्चिएर घाईते भएका वि.क को उच्च रक्तश्राव भई मृत्यु भएको दलित अगुवा तिलकराम विश्वकर्माले बताउनु भयो । ‘गुप्त वि.क लाई तत्कालिन माओवादीले राति ९ बजे खाना खाँदै गरेको अवस्थामा अपहरण गरेको थियो ।’ उहाँले भन्नुभयो,–‘तीन छोरा र एक छोरी मध्य गुप्तका जेठा छोरा मालपोत कार्यलय रामपुरमा अस्थायी जागिरे हुन, माइलो छोरा कोरिया छन र कान्छो छोरा पोर्चुगल छन । छोरीको विहे भएर बम्बै छन, श्रीमती इन्दिरा घरमै छन ।’ त्यस्तै स्थानीय भाईराम विश्वकर्माका अनुसार त्यही घटनामा हाल वडा नम्बर ९ का अध्यक्ष समेत भएका संकरभक्त भण्डारीलाई पनि माओवादीले आक्रमण गरेको थियो तर उहाँ भने सामान्य घाइते हुनु भएको थियो ।

परिवारको चाहाना :
गुप्तका वि.क का छोरा प्रदिप वि.कले वुवालाई अझै राज्यले सहिद घोषणा नगरेको भन्दै सहिद घोषणा गर्न आग्रह गर्नु भएको छ । उहाले स्मृति भवनले मात्र रगत बगाउनेको सम्मान हुन नसक्ने भन्दै द्रुत्ततर गतिमा समानुपातिक विकास गर्न सरकारलाई सुझाव दिनुभयो । उहाँले सशत्र द्धन्दको समयमा घाईते, आपाङ्गको पिडा पनि आफ्नो जस्तै भएकाले उनीहरुको उपचारमा ध्यान दिन आग्रह गर्नुभयो ।

Facebook Comments Box
TOP