गल्याङ नगरपालिकामा कर्मचारीलाई स्वागत र विदाई गरियो ।


आँधीखोला खवर/गल्याङ :
स्याङजाको गल्याङ नगरपालिकाले नव आगन्तुक कर्मचारीलाई स्वागत र नगरपालिकामा कार्यरत कर्मचारीहरुलाई विदाई गरेको छ ।
नगरपालिकाको आफ्नै कार्यालयमा भएको कार्यक्रममा नगर प्रमुख भुपराज अधिकारीले जतनालाई सेवा दिन आफुहरु खटिरहेको बताउनुभयो । उहाँले नव आगन्तुक कर्मचारीले सोही अनुसार भुमिका निर्वाह गर्नेमा आफु ढुक्क रहेको बताउनुभयो ।
अधकारीले जनताको साथले आफुहरु यस स्थानमा भएको भन्दै नगरको विकासका लागि सवैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले नगरका कर्मचारीलाई विदाई गर्र्दै जुन क्षेत्रमा आफ्नो कार्य रहेपनि ईमान्दारिता र निष्ठाका साथ लाग्न आग्रह गर्नुभयो ।
कार्यक्रममा गल्याङ नगरपालिकाका पशु शाखाका प्रमुख अरविन्दमणी त्रिपाठी, वडा नम्बर ३ का सचिव निलकण्ठ बस्याल, वडा नम्बर ८ का सचिव राम प्रसाद पाण्डे, वडा नम्बर ९ का सचिव देवराज भण्डारीलाई विदाई गरिएको छ ।
यस्तै गल्याङ नगरपालिकाका पशु शाखाकाका नव आगन्तुक प्रमुख सुशील अर्याल, लेखा अधिकृत भोजराज बगाले लगायतलाई स्वागत गरिएको छ ।
गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद पाण्डेको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन अधिकृत दशरथ उपाध्यायले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री
प्रदेशकै उत्कृष्ट बन्याे स्याङ्जाकाे कालीगण्डकी गाउँपालिका
४ दिन अगाडि
वालिङ १ फागुन कार्यसम्पादनको मुल्यांकनको आधारमा स्याङ्जाका तीन गाउँपालिका गण्डकी प्रदेशकै उत्कृष्ट भएका छन् । ११ स्थानीय तह रहेको जिल्लाको…