गल्याङ नगरपालिकामा कर्मचारीलाई स्वागत र विदाई गरियो ।

आँधीखोला खवर/गल्याङ :
स्याङजाको गल्याङ नगरपालिकाले नव आगन्तुक कर्मचारीलाई स्वागत र नगरपालिकामा कार्यरत कर्मचारीहरुलाई विदाई गरेको छ ।
नगरपालिकाको आफ्नै कार्यालयमा भएको कार्यक्रममा नगर प्रमुख भुपराज अधिकारीले जतनालाई सेवा दिन आफुहरु खटिरहेको बताउनुभयो । उहाँले नव आगन्तुक कर्मचारीले सोही अनुसार भुमिका निर्वाह गर्नेमा आफु ढुक्क रहेको बताउनुभयो ।
अधकारीले जनताको साथले आफुहरु यस स्थानमा भएको भन्दै नगरको विकासका लागि सवैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले नगरका कर्मचारीलाई विदाई गर्र्दै जुन क्षेत्रमा आफ्नो कार्य रहेपनि ईमान्दारिता र निष्ठाका साथ लाग्न आग्रह गर्नुभयो ।
कार्यक्रममा गल्याङ नगरपालिकाका पशु शाखाका प्रमुख अरविन्दमणी त्रिपाठी, वडा नम्बर ३ का सचिव निलकण्ठ बस्याल, वडा नम्बर ८ का सचिव राम प्रसाद पाण्डे, वडा नम्बर ९ का सचिव देवराज भण्डारीलाई विदाई गरिएको छ ।
यस्तै गल्याङ नगरपालिकाका पशु शाखाकाका नव आगन्तुक प्रमुख सुशील अर्याल, लेखा अधिकृत भोजराज बगाले लगायतलाई स्वागत गरिएको छ ।
गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद पाण्डेको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन अधिकृत दशरथ उपाध्यायले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
-
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
खेम सारुमगर र गोपाल जिटीलाई कञ्चन पत्रकरिता पुरस्कार
४ हप्ता अगाडि
पोखरा : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’ खेम सारुमगर (कास्की) र गोपाल जिटी (स्याङ्जा)…


