गल्याङ्बाट वर्षमा एक अर्ब रुपैयाँको कृषि जन्य सामाग्री निर्यात हुनेछ : नगर प्रमुख अधिकारी ।
गल्याङ – स्याङ्जाको गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले अबको तीन बर्ष पछी गल्याङ नगरपालिकाबाट एक अर्ब रुपैयाँको कृषि जन्य सामाग्री निर्यात हुने बताउनु भएको छ ।
गल्याङ नगरपालिका ११ र वालिङ नगरपालिका १० डुग जोड्ने आँधीखोला माथि निर्माण भएको झोलुङ्गे पुलको निरिक्षण गर्दै उहाँले यस्तो बताउनुभएको हो । अधिकारीले नगरपालिकाको बिकास कृषि क्षेत्रबाट मात्रै सम्भब भएको भन्दै तीन बर्ष पछी बार्षिक रूपमा एक अर्ब रुपैयाँ बराबरको निर्यात हुने गरि काम भैरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला समन्वन समिति उप–प्रमुख दिलिप वगालेले आँधीखोलामा जनतालाई असहज भएका स्थानमा पुल निर्माणमा आफुले पहल गर्ने बताउनुभयो । उहाँले असहज भएका स्थानमा पुल निर्माका लागि माग गर्न जनतालाइ सुझाव दिनुभयो ।
गल्याङ नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत इश्वरी प्रसाद पाण्डेले स्थानीय जनताका समस्या र जनजिविकाको सवालमा नगरपालिका अत्यन्त चनाखो भएको बताउनुभयो ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गल्याङ नगर कमिटिका अध्यक्ष नारायण प्रसाद अधिकारी (समिर) ले आँधीखोला र कालीगण्डकीका आवस्यक स्थानमा झोलुङ्गे पुल र मोटरेवलपुल निर्माणका लागि नेकपाले प्रयास गरिरहेको बताउनुभयो ।
सोही अवसरमा पुल निर्माण समितिका अध्यक्ष लेख बहादुर ठकुरी, वालिङ नगरपालिका नम्बर १० का वडा अध्यक्ष अनन्तराज गैरे, गल्याङ नगरपालिका ११ का वडा सदस्य कुविर गाहा, आरटिएपी पोखराका कार्यक्रम संयोजक नारायण प्रसाद पौडेल, नर बहादुर तुम्वाङ्गे, गल्याङ एफ एम का स्टेसन म्यानेजर केपी खनाल लगाएतले नवर्निति पुलले धेरैलाइ सहज बनाउने बताउनुभयो ।
उक्त पुल कुल ३७ लाख दुइ सय ६९ रुपैयाँमा निर्माण भएको थियो भने स्थानीयले करिब ७५ हजार बराबरको श्रमदान गरेका थिए । उक्त स्थानमा तुइन चढेर स्थानीयले आवतजावत गर्ने गरेका थिए । पुल निर्माण पछि जोखिम मोलेर तुइन चढ्नुपर्ने वाध्यता टरेको छ । पुल निर्माण पछि स्थानीय खुसि भएका छन । गल्याङ एफएम
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


