गल्याङ् क्षेत्रमा रहेका गाँजाका विरुवा र घरेलु मदिरा नष्ट गरियो ।
टिकाराम अधिकारी/गल्याङ :
स्याङजाको गल्याङ नगरपालिका वडा नम्बर ११ जिमुहामा ठुलो परिणामा गाँजाको विरुवा नष्ट गरिएको छ । जिमुहाका हरि ढकाल र धन बहादुरको जग्गामा रहेको गाँजा गल्याङ प्रहरी चौकीले नष्ट गरेको हो । गल्याङ प्रहरी चौकीका प्रमुख धन बहादुर राउतको नेत्रृत्वमा खटिएको टोलीले २१५ गाँजाबा बोट नष्ट गरिएको हो ।
यस्तै आजै नै गल्याङ नगरपालिका वडा नम्बर ८ करादी, तिन्दोबाटे लगायतका ठाउँबाट सङ्कलन गरि ल्याएको ८६५ लिटर घरेलु मदिरा नष्ट गरिएको प्रहरी चौकी गल्याङका प्रमुख धन बहादुर राउतले जानकारी दिनुभयो ।
उहाँले भन्नु भयो शान्ति सुरक्षामा खलल पु¥याउने बस्तु तथा नेपाल सरकारले निषेध गरेका सेवा तथा वस्तुको विक्री वितरणमा समेत कडाई गरिएको राउतले बताउनु भयो ।
गल्याङ नगरपालिका भित्रबाट सङकलित घरेलु मदिरा तथा गाजाको बोट जनप्रतिनिधि स्थानीय समाजसेवी पत्रकार प्रहरीको उपस्थितीमा नष्ट गरिएको पत्रकार गिता भट्टराई जानकारी दिनु भयो ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


