स्याङ्जा अदालतका ६० प्रतिशत मुद्धा फर्सोेट ।

भवानी अधिकारी/स्याङ्जा :
जिल्ला अदालत स्याङ्जाले यसबर्ष ६० दशमलब ५५ प्रतिशत मुद्धा फर्सोेट गरेको जनाएको छ । अदालतद्धारा चालु आर्थिक बर्षको अन्तिम दिन पारेर सोमबार पत्रकार सम्मेलन गर्दै अदालतबाट भए गरेका काम, कारवाही र सेवाका बारेमा जानकारी गराउदै श्रेस्तेदार नन्दप्रसाद आचार्यले ७० प्रतिशत मुद्धा फर्सोेट गर्ने लक्ष्य भए पनि बिबिध कारणले गर्दा फर्सोेटमा समस्या भएको जानकारी दिनुभयो ।
बहालवाला न्यायधीशको सरुवा, समयाबधी तोकिएका केही मुद्धा र अनुमानित भन्दा बढी मुद्धा दर्ता भएका कारण मुद्धा फर्सोेटमा लक्ष्य हासिल हुन नसकेको श्रेस्तेदार आचार्यले बताउनुभयो ।
अदालतले देवानीतर्फका ५ सय ५७ मुद्धा मध्ये २ सय ८, दुनियावादी फौजदारीतर्फ १ सय ६ मध्ये ३३ , सरकारवादी फौजदारीतर्फका ६० मध्ये ४३ वटा र पुनरावेदन सरकारवादी फौजदारी २० मध्ये १५ वटा मुद्धा लगायतका ९ सय ५ वटा मुद्धा मध्ये ५ सय ४८ वटा मुद्धाहरु फस्र्योट गरेको हो । यसैगरी, अदालतले २ बर्ष नाघेका २२ वटा र २ बर्षभित्रका २४ वटा मुद्धा फर्सोेट गरेको छ । यसैगरी, अदालतमा सबैभन्दा बढी सम्बन्ध बिच्छेदका २ सय ९६ मुद्धा दर्ता भएका छन् । ती मध्ये २ सय १६ वटा फैसला भएका छन भने पुरुषतर्फबाट दर्ता भएका ८० वटा मुद्धा फैसला हुन बाँकी छन् । बहुविवाहतर्फका १५ मध्ये ७ वटा फैसला भएका छन् ।
यसैगरी, अदालतमा मेलमिलापतर्फ ७१ मुद्धा मध्ये ३२ वटामा सफलता मिलेको छ । २८ वटामा मेलमिलापको प्रयास असफल भएको र ११ वटा प्रक्रियामा रहेको बताईएको छ । अदालतले मेलमिलापकर्ता, परामर्श सेवा, वैतनिक कानून ब्यवसायीको ब्यवस्था, मिट द जज, न्यायिक सम्वाद, वार र वकिलसंगको सम्बन्ध, बाल न्याय लगायत अर्धन्यायिक निकायसंगका बिबिध कार्यक्रम संचालन गर्दै आएको र वाल इजलास र पारिवारिक महिला सम्बन्धी संवेदनशील मुद्धा गोप्य इजलासमा गरिदै आएको जिल्ला न्यायधीश रमानाथ पौडेलले जानकारी दिनुभयो ।
साथै, उहाले निष्पक्ष न्याय दिनु आफनो कर्तब्य र दायित्व भएको बताउदै आफु आएको ३ महिनामै १ सय ६० वटा मुद्धा फर्सोेट गर्न सफल भएको बताउनुभयो ।
कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा, उपाध्यक्ष द्धय अर्जुन काफ्ले र भवानी अधिकारी, पूर्व सचिव हिमलाल पराजुली, सदस्य शालिकराम पोखरेल लगायतले अदालती काम, कारवाहीका बारेमा राख्नु भएको जिज्ञासालाई न्यायधीश रमानाथ पौडेलले जवाफ दिनुभएको थियो ।
समाचार
थप सामाग्री-
उद्यमविकासमा उदाहरणीय काम गरेका कांग्रेस उमेदवार ढकालको १० बुँदे संकल्प सावजनिक
-
स्वतन्त्र उम्मेद्वार नेपालीद्वारा काँग्रेसका ढकाललाई समर्थन
-
समृद्ध स्याङ्जा र सुखी स्याङ्जालीको सङ्कल्पमा क्षेत्र नं २ मा खिम बहादुर थापा
-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
-
नीतिगत सुधार गर्न भरतराज चुनावी मैदानमा
एकाबिहानै फेवातालमा कार खस्यो,स्याङ्जाका २४ बर्षीय युवाको मृत्यु ।
४ दिन अगाडि
पोखरा : पोखराको फेवातालमा कार डुब्दा एकजनाको मृत्यु भएको छ । गएराति २ बजे पोखरा महानगरपालिका–६ पामेस्थित फेवातालमा कार खस्दा…


