मलेसियाविरुद्ध नेपालको जित ।

आईसीसी ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेटअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगितामा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको छ । सिंगापुरमा जारी प्रतियोगिता अन्तर्गत बुधबार नेपाल र मलेसियाबीचको खेल वर्षाका कारण ९ ओभरमा सीमित गरिएको थियो । मलेसियाले पहिले ब्याटिङ गर्दै ९ ओभरमा सात विकेटको क्षतिमा ८३ रन बनाएको थियो । नेपालले तीन विकेट गुमाएर आठ ओभरमै लक्ष्य हासिल गरेको हो ।
नेपालका लागि प्रारम्भिक ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले विस्फोटक ब्याटिङ गर्दै अर्धशतकीय पारी खेले । उनले २१ बलमा ५१ रन बनाए । त्यस्तै प्रदीप ऐरीले १२ र विनोद भण्डारीले १३ रन बनाए । यसअघि मलेसियाका लागि साइद अजिजले १५ बलमा ३० रन बनाउँदा बिरन्दीप सिंहले १७ बलमा २१ रन जोडे ।
बलिङतर्फ नेपालका सोमपाल कामीले २ ओभरमा ३ विकेट तथा बसन्त रेग्मीले १ ओभरमा २ विकेट झारे ।पहिलो खेलमा हिजो कतारसँग ४ विकेटले पराजित नेपालले दोस्रो खेलमा जित हासिल गरेसँगै प्रतियोगितामा पुनरागमन गरेको छ ।
प्रतियोगितामा नेपाल र कतारसहित आयोजक सिंगापुर, मलेसिया र कुवेत सहभागी छन् । प्रतियोगिताको विजेता टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ ।
समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


