स्याङ्जा : कफी विथ कर्ण शाक्य ।


सुशील सुबेदी/स्याङ्जा :
सिद्धार्थ राजमार्गमा रहेको करेण्डाँडा स्थित द रोड साईड क्याफेले कफी विथ कर्ण शाक्य बिषयक अन्तक्रिया कार्यक्रम गरेको छ । सकारात्मक सोँच अभियानका अभियान्ता कर्ण शाक्यको नामबाट राखिएको अन्तक्रियामा जिल्ला स्थित संघ संस्थाका प्रमुख , नगरप्रमुख , संचारकर्मी , राजनितिज्ञ , कृषक लगाएतको उपस्थिती रहेको थियो ।
लामो समयपछी बैदेशिक रोजगारीलाई छाडी नेपाल फर्केका कृष्ण जंग केसीले सकारात्मक सोँचको साथ एग्रो टुरिजमलाई प्राथमिकतामा राख्दै आफ्नै शैलीको कफी देश बिदेशले चिनेको शाक्यले बताउनु भयो ।
सानै बाट नेपाली संस्कारमा श्रम बिभेद भएको बताउँदै उहाँले भन्नुभयो , ‘हाम्रो नेपाली संस्कारमा जन्मेदेखी नै नपढे त हलो जोत्न पर्छ , पढे त डाक्टर पाईलट बनीन्छ भन्ने जस्तो संस्कारले कृषी श्रेत्र सम्मानीत हुन नसकेको स्पष्ट पार्नु भयो । ’

जिल्ला समन्बय समिती अध्यक्ष सिता सुन्दास , जिल्ला समन्बय समिती उपाध्यक्ष दिलीप कुमार बगाले , पुतलीबजार नगरप्रमुख सिमा श्रेत्री , भिरकोट नपा नगर प्रमुख छाँयाराम खनाल , साहित्यकार शम्भु अर्याल लगाएतले युवा शक्तीलाई स्वदेशमा पसिना बगाउन पर्दछ भन्ने प्रेरणा यो अभियानले प्रदान गरेको बताए ।
समाचार
थप सामाग्री-
स्याङ्जामा बालिकालाई जवरजस्ती करणी गर्ने एक पक्राउ
-
उपकारको अधिवेशन असोज २९ देखि, उमेद्वार हुन तालिम र परीक्षा पास अनिवार्य
-
वालिङमा बसपार्क निर्माण गर्न नगर बिकास कोषसंग ऋण सम्झौता,नमुना बषपार्क बन्ने ।
-
राष्ट्रिय लोक तथा प्रतिष्ठान स्याङ्जाको वार्षिक साधारणसभा सम्पन्न
-
सरकार र शिक्षकहरूबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

भीरकोटले दियो प्राविधिक शिक्षाका लागि छात्रावृत्ति
४ दिन अगाडि
भीरकोट : स्याङ्जाको भीरकोट नगरपालिकाले ६ जना विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि पूर्ण छावृत्ति प्रदान गरेको छ । वालिङ नगरपालिकामा…