आँधीखोलामा डुबेर ८ वर्षिय बालकको ज्यान गयो ।
नारायण विश्वकर्मा/गल्याङ :
आँधीखोलामा डुवेर एक बालकको ज्यान गएको छ । गल्याङ नगरपालिका वडा नम्वर ११ मुडकिल्लाका नेत्रलाल भट्टराईका ८ वर्षीय छोरा सुजन भट्टराई आँधीखोलामा डुवेर मृत्यु भएको
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक नबिन कृष्ण भण्डारीले जानकारी दिनुभयो ।
शुक्रवार परीक्षा दिएर घरमा आए पछि दिउँसो २ बजेदेखि बालक वेपत्ता भएको भनि परिवारले प्रहरी चौकी गल्याङ्मा उजुरी दिएका थिए । त्यस लगत्तै प्रहरी टोली खोजीमा खटिएको थियो । आज विहान मात्रै आँधीखोला जल विद्यत केन्द्रको ड्याम साईडमा वच्चा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
बच्चाको शवलाई पोष्टपार्टमाको लागि वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । घटना बारे अनुसन्धान भईरहेको प्रवक्ता भण्डारीले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


