आँधीखोलामा डुबेर ८ वर्षिय बालकको ज्यान गयो ।

नारायण विश्वकर्मा/गल्याङ :
आँधीखोलामा डुवेर एक बालकको ज्यान गएको छ । गल्याङ नगरपालिका वडा नम्वर ११ मुडकिल्लाका नेत्रलाल भट्टराईका ८ वर्षीय छोरा सुजन भट्टराई आँधीखोलामा डुवेर मृत्यु भएको
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक नबिन कृष्ण भण्डारीले जानकारी दिनुभयो ।
शुक्रवार परीक्षा दिएर घरमा आए पछि दिउँसो २ बजेदेखि बालक वेपत्ता भएको भनि परिवारले प्रहरी चौकी गल्याङ्मा उजुरी दिएका थिए । त्यस लगत्तै प्रहरी टोली खोजीमा खटिएको थियो । आज विहान मात्रै आँधीखोला जल विद्यत केन्द्रको ड्याम साईडमा वच्चा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
बच्चाको शवलाई पोष्टपार्टमाको लागि वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । घटना बारे अनुसन्धान भईरहेको प्रवक्ता भण्डारीले जानकारी दिनुभयो ।

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP