स्याङ्जाको छाङछाङदी-छायाँक्षेत्र मन्दिरमा एक महिने शिव-महाआरती शुरु (तस्वीरहरु सहित) ।

आँधीखोला खवर/स्याङ्जा :
स्याङ्जाको ऐतिहासिक तथा प्रसिद्ध छाङछाङदी-छाँयाक्षेत्र शीव मन्दिरमा वुधवारबाट एक महिने शिव महाआरती शुरु भएको छ । शिव, गिता सत्संग, यज्ञ, सन्ध्याकालिन शिवमहाआरतीको बुधबार मन्दिर उद्दघाटन गरिएको हो । महाआरती तथा विविध धार्मिक कार्यक्रमको उद्दघाटन गर्दैै भीरकोट नगरप्रमुख छायाराम खनालले धर्मले सबैको कल्याण गर्ने बताउनु भयो उहाँले धर्मले नै मानिसलाई सत्कर्म र सत्मार्गमा लैजान प्रेरित गर्ने धारणा राख्नुभयो । सवै मिलि नेपाली रीतिरिवाज, धर्म संस्कृति, परम्परा लगायतको संरक्षण तथा संर्वद्धन गर्नुपर्नेमा उहाँको जोड छ ।
भगवान शिवको प्रिय महिना साउन भएको भन्दै प्रमुख खनालले लुम्बिनी र मुक्तिनाथको मध्यमा रहेको छाङ्छाङ्दी शिव मन्दिरलाई बाह्य धार्मिक पर्यटकको गन्तव्य बनाउन जरुरी रहेको बताउनु भयो ।


कार्यक्रममा पुर्व सांसद खगेन्द्रराज रेग्मी, वालिङ नगरपालिका प्रमुख दिलिपप्रताप खाँण, भीरकोट नगरउपप्रमुख सिमा केसी कर्माचार्य, नेपाल महिला संघका केन्द्रिय उपाध्यक्ष सरस्वती अर्याल, कागे्रस क्षेत्रिय सभापति अर्जुनप्रकाश अर्याल, कागे्रस भीरकोट नगरसभापति तोयानाथ अर्याल, नेकपा भीरकोट नगरसचिव विश्वनाथ अर्याल, मन्दिरका सल्लाहकार डिलबहादुर श्रेष्ठ, आजिवन सदस्य डोलराज ढुङ्गाना, नेपाल रेडक्रस सोसाईटी जिल्ला कोषाध्यक्ष लक्ष्मी थापा लगायतले बोलेका थिए ।


मन्दिर समिति तथा शिव महाआरती मुल समितिका अध्यक्ष पिताम्बर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत सल्लाहकार गोविन्दकुमार कर्माचार्य र सञ्चालन सञ्चारकर्मी एशिव शरण महतले गर्नुभएको थियो । कार्यक्रममा आजिवन सदस्य, विभिन्न सहयोगीहरुलाई सम्मान गरिएको थियो ।
यसैबीच बुधबार १०८ कलशयात्रा निकालिएको छ । बोलबम समिति वालिङले रामनदी धाम राम्दीबाट शीव मन्दिरसम्म, वालिङ तथा भीरकोटबाट समेत विभिन्न धार्मिक समुह,आमा समुह, टोलविकास संस्था, क्लबलगायत विभिन्न संघसंस्थाहरुले कलश यात्रा निकालेका थिए ।
हरेक दिन विहान ६ देखि ७ सम्म विशेष पूजा, दैनिक कन्या पूजा, दैनिक सन्ध्याकालिन ७ देखि ८ सम्म शिवमहाआरती, प्रत्येक सोमबार लक्ष्य दिप प्रज्जोलित, २० गते नागपञ्चमी विशेष पूजा, ३० गते जनै पुर्णिमा विशेष पूजा, ३२ गते यज्ञ समापन गरिने छ ।

हरेक दिन राष्ट्रिय भजन गायक नारायण गौतम नेतृत्वको टोलीले संगीतमय भजन प्रस्तुत गर्ने आयोजकले जानकारी दिएको छ । बुधबार साउन महिनाको पहिलो दिन मन्दिरमा भक्तजनहरुको उल्लेख्य सहभागिता रहेको थियो । साउन महिनाको पहिलो दिन नै आजिवन सदस्य र विभिन्न सहयोगीबाट १ लाख ७७ हजार ५ सय संकलन भएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
मन्दिर परिसरको प्राकृतिक स्वरुप हेर्दा गौथुनहरु, गणेशका मुर्ति, नाग, शिवका विभिन्न स्वारुप देख्न सकिन्छ । यहाँ विषेश गरी महाशिवरात्री, बैशाखे सक्रान्ती, आश्रवण सक्रान्ती, हरिसयनी एकादशी, साउनको सोमबार, तिज, श्रीकृष्णअष्टमी, माघेसक्रान्ती, हरिबोधनी एकादशी, बालाचर्तुदशी, माता तीर्थऔँशी, प्रत्येक एकादशी, ग्रहण नुहाउने मेलालगायत विभिन्न पर्वहरुमा विशेष मेला लाग्ने गर्छ ।
सिद्धार्थ राजमार्गसंगै जोडिएको प्रवेशद्धार चट्टानबाट निस्किएको जलबाट स्नान गर्नका लागि नेपाल सहित छिमेकी देश भारतबाट समेत तिर्थालुहरु आउने गरेको बताईएको छ ।

Facebook Comments Box
TOP