स्याङ्जामा नै पहिलो पटक छायाँछेत्र मन्दिरमा श्रावण महिनाभर शिव महाआरती हुँदै ।

आँधीखोला खवर/स्याङ्जा :
छाङछाङदीमा रहेको छाँयाछेत्र शिव मन्दिरमा श्रावण महिनाभर शिव महाआरती हुँने भएको छ । काठमाडौको पशुपतिनाथमा महाआरती गरिँदै आईएको छ भने स्याङ्जामै पहिलो पटक महाआरतीको गरिन लागको हो । सिद्धार्थ राजमार्गसंगै जोडिएको छाङछाङदी छाँयाक्षेत्र मन्दिरको महिमा मुलुकभर प्रचारप्रसार गर्ने उद्देश्यले शिव महाआरतीको आयोजना गरिएको हो । भगवान शिवसंग प्रत्यक्ष जोडिएको छाङछाङदी मन्दिरको ऐतिहासिक महत्व समेत रहेको छ । महाआरतीको तयारी पुरा भएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिईएको हो ।

शिवमन्दिरमा बुधबार श्रावण १ गतेदेखि ३२ गतेसम्म शिव महिमा र महाआरती हुनेछ । हरेक दिन बिहान पुजापाठ, दिउँसो संगीतमया शिवमहिमा वाचन र महाआरती साझमा गरिने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठले जानकारी दिनुभयो । टाढा टाढाबाट आउने भक्तजनहरुका लागि आवास सहितको व्यवस्था गरिएको छ भने सुरक्षा व्यवस्थाका लागि सिसि टिभि जडान गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । कार्यक्रममा भीरकोट नगरउपप्रमुख सिमा केसी कर्माचार्यले शिव मन्दिरमा विशेष शक्ति रहेको भन्दै मन्दिरलाई बाह्य पर्यटकको गन्तव्यको रुपमा विकास गर्नुपर्ने बताउनुभयो । प्रदेशबाट आउने ४० लाखले मन्दिरको विस्तार गर्दै प्रदेशको धार्मिक गन्तव्यको रुपमा विकास गर्नुपर्ने उपप्रमुख कर्माचार्यको भनाई थियो । कार्यक्रममा प्रमुख वाचक पण्डित प्रकाश तिवारीले हरेक दिन शिवमहिमा, भजनकृतन हुने बताउनुभयो । जनै पुर्णिमाका दिन विशेष जलद्वारा पुजन, हवन, वेद पाठ पारायण गरी विशेष मन्त्रोचारण गरी गरि पुजा गरिनेछ ।

बुधबार कलश यात्रा, हरेक दिन विहान ६ देखि ७ सम्म विशेष पूजा, दैनिक कन्या पूजा, दैनिक सन्ध्याकालिन ७ देखि ८ सम्म शिव—महाआरती, प्रत्येक दिन सोमबार लक्ष्य दिप प्रज्जोलित, २० गते नागपञ्चमी विशेष पूजा, ३० गते जनै पुर्णिमा विशेष पूजा, ३२ गते यज्ञ समापन गरिने छ । सचिव कृष्णप्रसद श्रेष्ठको स्वागतसंगै शुरु भएको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी एसिवसरण महतले गर्नुभएको थियो ।
मन्दिरको महिमाका विषयमा श्री स्वस्थानी ब्रतकथामा समेत उल्लेख गरिएको छ । कथामा उल्लेख गरिएअनुसार भगवान शिवले सतिदेवीको मृत शरीरलाई लिएर डुल्ने क्रममा यहाँ आईपुग्दा बाँकी सबै शेष पतन भएको, महादेवले त्रिशुल प्रहारबाट जल उत्पन्न गराई आफ्नो तिर्खा मेटाएको र सोही जल हालसम्म पनि छङछङ गर्दै पहाडबाट झरेकाले यस स्थानको नाम नै छाङछाङदी रहेको किम्वदन्ती छ । साथै यहाँ गौमुखे धाराहरु, यज्ञशाला, शिवलिङ्ग, सन्तोषी माता राधाकृष्ण र गणेश मन्दिर निर्माण भएका छन् भने एकसय ८ पिपलका बोटहरुबाट साउन महिनाभरी जलधारा गरिन्छ ।
यहाँको प्राकृतिक स्वरुप हेर्दा गौथुनहरु, गणेशका मुर्ति, नाग, शिवका विभिन्न स्वारुप देख्न सकिन्छ । यहाँ विषेश गरी महाशिवरात्री, बैशाखे सक्रान्ती, श्रावण सक्रान्ती, हरिशयनी एकादशी, साउनको सोमबार, तिज, श्रीकृष्णाष्टमी, माघेसक्रान्ती, हरिबोधनी एकादशी, बालाचर्तुदशी, माता तीर्थऔँशी, प्रत्येक एकादशी, ग्रहण नुहाउने मेलालगायत विभिन्न पर्वहरुमा विशेष मेला लाग्ने गर्छ । सिद्धार्थ राजमार्गसंग जोडिएको प्रवेशद्धार चट्टानबाट निस्किएको जलबाट स्नान गर्नका लागि स्याङ्जा, पर्वत, कास्की, पाल्पा, गुल्मी, अर्घाखाँची, चितवन, लगायत विभिन्न जिल्लाहरुबाट समेत भक्तजनहरु आउने गरेका छन् ।
समाचार
थप सामाग्री-
मातृभूमि सेवा समाज नेपालको अध्यक्षमा पराजुली
-
स्याङ्जा-२ मा रास्वपाबाट उम्मेदवार बने झबिलाल
-
कांग्रेस सभापति थापा र पूर्ब सांसद श्रेष्ठद्वारा चुनाव नलड्ने घोषणा ।
-
एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्ग्यायो यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित)
-
प्रथम ॐ कार कपको उपाधि एनएएफसी पोखरालाई
स्याङ्जामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थपियो ।
३ दिन अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जामा आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि आह्वान भएको निर्वाचन प्रहरीको भर्ना म्याद दुई दिन थप गरिएको छ ।…


