गायिका पौडेलको तीजगीत “चेलीलाई प्यारो माईत बरि लै”….

प्रकाश डोटेल/स्याङ्जा :
तीज भन्नासाथ महिलाहरुमा उत्साह छाउँछ । अविवाहित महिलाको तुलनामा विवाहित महिलाहरुमा तीज भन्नासाथ खुशि र उत्साह छाउँने गर्छ । घर सम्पन्नशालि अर्थात पुगीसरी भएपनि तीजमा माईती जान महिलाहरु लालाहित हुन्छन् ।

विगतमा सामाजिक घटनाक्रमलाई टपक्क टिपेर मौलिक शब्दमा तीजगीत प्रस्तुत गर्दै आएकी स्याङ्जाककी लोकदोहोरी गायिका सुनिता पौडेलले यस पालिको तीजको अवसर पारेर ‘चेलीलाई प्यारो माईत बरि लै’ बोलको तीजगीत लिएर आएकी छन् ।
चर्चित लोकदोहोरी गायक घनश्याम रिजालको शब्द रहेको गीतको लय÷एरेन्जर तारानाथ आचार्यले गरेका छन्, गीतमा निरुता र प्रसन्नता पौडेलले अभिनय गरेका छन् । डिजिटल स्टार प्रा.लि.ले यूटुबमा सस्क्राईब गरेको गीतको छाँयांकन प्रमोद गुरुङ्ले गरेका हुन्, भने कोरियोग्राफर होम गुरुङ्ले गरेका छन् ।
तीजको बेला आमाको हातबाट दिएको खाना खानी हो, बरि लै । हातका मैला सुनका थैला, के गर्नु सुनचाँदी, बरि लै । अरुको लाख आमाको काख रमाउँछ मन, बरि लै । जस्ता शब्द समाबेश भएको गीतमा मौलिकतालाई प्राथमिकतामा राखिएको गायिका पौडेलले बताईन् ।
पछिल्लो समय तीज नजिकै जाँदा तीजगीत ल्याउने लहरनै चलेको गायक घनश्याम रिजालले सुनाए । गीतलाई मौलिकता दिन सकेमात्रै हाम्रा परम्पराहरुलाई स्थायीत्व दिन सकिनेमा रिजालले विश्वास जनाए । जथाभावि गीत निकाल्ने प्रतिस्पर्धा भन्दा मौलिकतालाई प्राथमिकता दिन उनले सबैमा आग्रह गरे ।
हेर्नुहोस् भिडियो :
समाचार
थप सामाग्री-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
४ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ…


