स्याङ्जाबाट खैरो हिरोईन सहित ४ जना पक्राउ ।

आँधीखोला खवर/स्याङ्जा :
स्याङ्जाको वालिङबाट झण्डै १७ ग्राम लागु औषध खैरो हिरोईन सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । वुटवलबाट पर्वतका लागि छुटेको ना ६ ख १२६७ नम्वरको बसमा चेकजाँच गर्ने क्रममा वालिङ १० भकुण्डेबाट उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट १६ दशमलव ७५ ग्राम खैरो हिरोईन (व्राउन सुगर) बरामद गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरिक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।
पक्राउ पर्नेहरुमा स्याङ्जाको भीरकोट नगरपालिका-५ का भिम बहादुर सेन र सुम सिंह ठकुरी तथा वालिङ नगरपालिका-११ का सुवास सेन र राम बईक रहेकाछन् ।
विशेष सुचनाका आधारमा वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी टोलीले सिद्धार्थ राजमार्ग अन्तर्गतको वालिङ भकुण्डेबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरु चारै जनालाई जिल्ला अदालत स्याङ्जाबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता भण्डारीले बताउनु भयो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


