स्याङ्जाबाट खैरो हिरोईन सहित ४ जना पक्राउ ।


आँधीखोला खवर/स्याङ्जा :
स्याङ्जाको वालिङबाट झण्डै १७ ग्राम लागु औषध खैरो हिरोईन सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । वुटवलबाट पर्वतका लागि छुटेको ना ६ ख १२६७ नम्वरको बसमा चेकजाँच गर्ने क्रममा वालिङ १० भकुण्डेबाट उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट १६ दशमलव ७५ ग्राम खैरो हिरोईन (व्राउन सुगर) बरामद गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरिक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।
पक्राउ पर्नेहरुमा स्याङ्जाको भीरकोट नगरपालिका-५ का भिम बहादुर सेन र सुम सिंह ठकुरी तथा वालिङ नगरपालिका-११ का सुवास सेन र राम बईक रहेकाछन् ।
विशेष सुचनाका आधारमा वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी टोलीले सिद्धार्थ राजमार्ग अन्तर्गतको वालिङ भकुण्डेबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरु चारै जनालाई जिल्ला अदालत स्याङ्जाबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता भण्डारीले बताउनु भयो ।
समाचार
थप सामाग्री
सेतो पुतलीबाट लाग्ने ‘सापु’ को जोखिम बढ्दै, आँखाको दृष्टि नै गुम्न सक्ने खतरा ।
४ दिन अगाडि
काठकाण्डौ: सेतो पुतली मुख्य कारक मानिने दृष्टिनाशक रोग ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू)का बिरामीहरू केही समयता काठमाडौँका विभिन्न ठाउँमा देखिएको…