विपि स्मृति दिवशमा विभिन्न कार्यक्रम गरिदै, कांग्रेस नेता कोइराला स्याङ्जामा ।

आँधीखोला खवर/वालिङ :
नेपाली कांग्रेसका संस्थापक नेता स्वर्गीय विश्वेश्वरप्रसाद कोइरालाको ३७ औं स्मृती दिवसको अवसरमा सोमवार स्याङ्जामा विभिन्न कार्यक्रम गरिने भएको छ । स्याङ्जा सदरमुकाम,वालिङ् ् चापाकोटमा रहेका विपिको शालिकमा माल्यापर्ण गरिनुका साथै विशेष छलफल कार्यक्रम समेत गरिने कांग्रेस स्याङ्जाले जनाएको छ ।
वालिङमा हुने कार्यक्रममा सहभागी हुन कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइराला स्याङ्गजा आई सक्नु भएको छ । नेपाली कांग्रेस स्याङ्गजाको आयोजना र नेपाली कांग्रेस वालिङको ब्यवस्थापनमो बालिङको वीपी चोकमा विशेष अन्तक्रिया कार्यक्रम गरिने नेपाली कांग्रेस वालिङका कार्यबहाक सभापति भीमलाल सुवेदीले जानकारी दिनुभयो ।
स्वर्गीय विश्वेश्वरप्रसाद कोइरालाको जन्म वि. सं.१९७१ भदौ २४ गते भएको थियो । स्वर्गीय कोइरालाले आफ्नो सम्पुर्ण जीवन नै नेपाली राजनीतिमा व्यतित गर्नु भएको थियो । बाबु स्व. कृष्णप्रसाद कोइराला र आमा स्व. दिब्या कोइरालाको कोखबाट जन्मिएका वीपी नेपाली कांग्रेसका संस्थापक नेता समेत हुनुहुन्छ । प्रजातान्त्रिक समाजवादी विचारधाराका प्रणेता स्व. कोइरालालाई कांग्रेसले आफ्नो आस्थाको धरोहरको रुपमा स्मरण गर्दै आएको छ ।
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय कोइरालाले मध्ययुगिन समाजमा क्रान्तिकारी कदम, वृत्ता उन्मुलन,राजारजौटा प्रथा उन्मुलन, कृषिमा आधुनिकीकरण जस्ता कार्यको सुरुवात गर्नु भएको थियो । पटक पटकको जेलजीवन बिताएका स्व. कोइरालाले देश र जनताको निमित्त नै सम्पुर्ण जीवन अर्पण गर्नु भएको थियो । उहाँ राजनीतिज्ञ मात्र होइन साहित्यकार पनि हुनुहुन्थ्यो ।
स्व. वीपी कोइरालाको लोकतान्त्रिक समाजवादी सपना यो थियो कि हरेक नेपाली साधारण किसानको एउटा झुपडीसम्म होस् एकहल गोरुसहितको जोत्ने बारी होस अनि नेपाल समृद्ध बन्दै जाओस् तर बीपीको आदर्शले स्थापित नेपाली कांग्रेसले उहाँको आदर्शलाई पालना गर्न नसकेको साथै स्व. कोइरालाको अभाव खड्किएको जानकारहरु बताउछन् । कोइरालाको वि. सं २०३९ साल साउन ६ गते मृत्यु भएको थियो ।
यसैवीच कांग्रेस केन्द्रिय सदस्य शेखर कोईरालासँग विहान प्रजातान्त्रिक समाज स्याङ्जाले छलफल गर्दैछ । त्यस्तै विश्व हिन्दु महासंघ स्याङ्जाले हिन्दु राष्ट्रको माग तथा सनातन धर्मको रक्षाको माग गर्दै छलफल गर्ने जनाईएको छ ।
समाचार
थप सामाग्री
उपकारको अधिवेशन असोज २९ देखि, उमेद्वार हुन तालिम र परीक्षा पास अनिवार्य
६ दिन अगाडि
वालिङ : स्याङ्जाको सबैभन्दा ठूलो सहकारी संस्था उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३१ औं साधारण सभा तथा नवौं…