स्याङ्जा देखि खोटाङ् सम्मको धार्मिक बोलबम यात्रा ।


आँधीखोला खवर/वालिङ :
सामुहिक बोलबम समिति झलुङ्गे बायटारीको आयोजनामा धार्मिक यात्रा—२०७६ शुरु भएको छ । वालिङ नगरपालिका वडा नम्वर १३ बाट शुरु भएको यात्रा खोटाङको हलेसी महादेवको दर्शन गरेर फर्कने समितिका अध्यक्ष राम प्रसाद डुम्रेले जानकारी दिनुभयो । शनिवारबाट शुरु भएको यात्रा वुधबार सम्म जारी रहने समितिले जनाएको छ । साउन महिनाको अवसर पारेर गरिएको धार्मिक बोलबम यात्रामा ३० जनाको सहभागिता रहेको समितिका कोषाध्यक्ष प्रेम पराजुलीले जानकारी दिनुभयो ।
बोलबम यात्रीहरुलाई वालिङ नगरपालिका वडा नम्वर १३ का अध्यक्ष आनन्द पाठक, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल, संघका महिला उद्यमी विकास समितिका अध्यक्ष कविता भुषाल लगायतले विदाई गर्नु भएको हो ।

समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…