बोक्सीको आरोप लगाउने दुई महिला पक्राउ ।

syangja-police

आँधीखोला खवर/स्याङ्जा :
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बोक्सीको आरोप लगाउने दुई महिलालाई पक्राउ गरेको छ । तनहुँको बन्दीपुर नगरपालिका–६, घर भई पोखरा महा–नगरपालिका–१६ वस्ने ३३ वर्षीय सोममाया गुरुङ र स्याङ्जाको चापकोट नगरपालिका–२, घर भई सोही स्थान वस्ने २५ वर्षीय चन्द्रकला थापा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनभयो । उनीहरु विरुद्ध ३८ वर्षीय महिलालाई बोक्सीको आरोप लगाई गालीगलोज गरी पिडा दिएको भनि वुधबार वडा प्रहरी कार्यालय वालिङमा जाहेरी पर्न गएको भण्डारीको भनाई छ । अण्डारीका अनुसार घटनाका आरोपित दुई महिलालाई विहीबार जिल्ला अदालत स्याङ्जाबाट ‘भेदभाव तथा अन्य अपमानजन्य ब्यबहार सम्बन्धी कसुर (अपमानजनक वा अमानबिय ब्यबहार )’ मुद्धामा म्याद थप अनुमति लिई अनुसन्धान भैरहेको छ ।

Facebook Comments Box
TOP