स्याङ्जामा तेस्रो किस्ता वुझ्ने भूकम्प पीडित १७ प्रतिशत मात्रै, ६ जनाले अनु्दान फिर्ता गरे ।
भवानी अधिकारी / स्याङ्जा :
आर्थिक बर्ष २०७५/०७६ मा सम्पादित योजना तथा बार्षिक प्रगतीको समिक्षा गरिएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार स्याङ्जाको आयोजनामा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दासले भूकम्प पीडितका समस्या समाधान गर्नका लागि सबै तह र सरोकारवाला बीच समन्वय गर्दै भूकम्प प्रतिरोधी घर बनाउन ढिलो गर्न नहुने बताउनुभयो । पाच बर्ष बित्दा पनि पिडितले राहतको महसुस गर्न नपाउनु दुःखद रहेको उहाँको भनाई छ ।
कार्यक्रममा उपप्रमुख दिलिपकुमार बगाले, पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा लगायतले भूकम्प पिडितका समस्या बुझेर तत्काल निकास दिनुपर्ने बताउनुभयो । जिल्ला आयोजना कार्यान्वय इकाई शिक्षा प्रमुख गोबिन्दराज पाखे्रल, आयोजना कार्यान्वयन इकाइ अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार स्याङ्जा प्रमुख प्रविण ढकाल, डिस्ट्रिक सपोर्ट इन्जिनियर नवराज शर्मा लगायतलले आ आफना क्षेत्रगत प्रगती, चुनौतीका बारेमा जानकारी गराउनुभएको थियो ।
अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार स्याङ्जाका अध्यक्ष प्रविण ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शाखा अधिकृत केशव सुवेदीले स्वागत एवं लेखा अधिकृत थमनसिंह गोैतमले संचालन गर्नुभएको थियो ।
यसैगरी, स्याङ्जाका १५ हजार ८ सय ८६ घरधुरी सर्भेक्षण भएका मध्ये प्रथम किस्ता लाने लाभग्राहीमा ८ हजार ४ सय ७० अथवा (९६ प्रतिशत), दोश्रो किस्ता लानेमा ३ हजार ८ सय ३६ अथवा (४४ प्रतिशत), तेस्रो किस्ता लानेमा १ हजार ४ सय ७० (१७ प्रतिशत), रहेको र ६ जनाले अनुदान फिर्ता गरेको स्याङ्जा इकाईले जनाएको छ ।
त्यस्तैगरी, प्रवलीकरणतर्फ ७ सय ४ जना रहेकोमा प्रथम किस्ता लानेमा ५ सय ७० अथवा (८१ प्रतिशत) रहेका छन् ।
छुट तथा पुन : जाँच सर्बेक्षणमा फेदिखोला, अर्जुनचौपारी, कालीगण्डकी, हरिनास, विरुवा, वालिङ्, र भीरकोटगरी ७ पालिकाले सम्पन्न गरेका छन् भने अन्य ४ पालिकाले पुरा गर्न सकेका छैंनन ।
समाचार
थप सामाग्रीगल्याङ प्रिमियर लिग क्रिकेट : गल्याङ ईगल्स र गल्याङ ब्लास्टर फाईनलमा ।
४ दिन अगाडि
वालिङ : स्याङजाको गल्याङमा सञ्चालित ‘गल्याङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता’ (जिपिएल) को फाईनलमा गल्याङ ईगल्स र गल्याङ ब्लास्टर प्रतिस्पर्धा गर्ने…