तेस्रो बयरघारी रमाईलो मेलाबाट झण्डै २ लाख नाफा ।
आँधीखोला खवर/भीरकोट :
गत फाल्गुन १७ गतेदेखि २७ गतेसम्म सञ्चालित तेस्रो बयरघारी रमाईलो मेलाबाट झण्डै २ लाख नाफा भएको छ । आँधीखोला पिस युथ क्लब बयरघारीले आयोजना गरेको रमाईलो मेलाको शनिबार पत्रकार सम्मेलन गरी आयव्यय सार्वजानिक गरिएको हो । क्लबका कोषाध्यक्ष सुर्य अधिकारीका अनुसार कुल ३८ लाख ८१ हजार ७ सय ७९ रुपैँयाको कारोबार भएको मेलामा ३७ लाख १ सय ४० रुपैँया खर्च गरेको छ । क्लबले रमाईलो मेलाबाट खर्च कटाएर १ लाख ९१ हजार ६ सय ३३ रुपैँया नाफा गर्न सफल भएको हो । मेलामा सबैभन्दा बढी कलाकारमै १० लाख ५० हजार खर्च भएको छ ।
कार्यक्रममा वडा नं. ५ का अध्यक्ष यामप्रसाद अधिकारीले क्लबले यस्ता कार्यक्रमको आयोजना गरि बयरघारीमा छुट्टै पहिचान बनाएको भन्दै क्लबको कार्य सराहनीय रहेको बताउनुभयो । क्लबले मेलाको आयोजना गरी बचतबाट विभिन्न सामाजिक कार्यहरु समेत गर्दै आईरहेको भन्दै क्लब समाज परिर्वतनको महत्वपुर्ण पक्ष रहेको बताउनुभयो । कार्यक्रममा वडा नं. १ का अध्यक्ष एवं नगरप्रवक्ता दिपेन्द्र केसी, पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्माललगायतले मेला महोत्सवबाट बचेको रकम सहि सदुपयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रम क्लबका अध्यक्ष राजकुमार गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन सचिव सुस्मिता गुरुङले गर्नुभएको थियो ।
अध्यक्ष राजकुमार गुरुङले २०७० साल देखि क्लवले विभिन्न रचनात्मक कार्य गर्दै आईरहेको जानकारी दिनुभयो । उहाँले २०७२ मा भुकम्पपिडितलाई जस्ता प्रदान गरेको स्मरण गर्दै दोस्रो मेलाबाट बचत भएको रकमले उज्यालो सडकका लागि सडक बत्ति जडान गरिएको बताउनु भयो । यसपटकको बचत रकमले समेत सामाजिक कार्यमै खर्च गरिने अध्यक्ष गुरुङले स्पष्ट पार्नुभयो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


