चैत्र भित्र भिरकोटलाई बालमैत्री नगरपालिका बनाईने ।

आँधीखोला खवर/भीरकोट :
स्याङ्जाको भीरकोट नगरपालिकालाई बालमैत्री नगरपालिका बनाउने अभियान तिव्र पारिएकोे छ । नगरकार्यपालिकाको ५१ औं वोर्ड वैठकले समेत बालमैत्री नगर बनाउनको लागि विभिन्न महत्वपूर्ण निर्णयहरु समेत गरेको छ । वैठकले बालबालिकाका लागि निर्माण गरीएको आवधिक लगानी योजना प्रस्तुत,स्वीकृत तथा हस्तान्तरण गरेको हो ।

२०७६ को पुस महिना भित्र भीरकोट नगरपालिकाका ९ वटै वाडहरु बालमैंत्री बनाउनुको साथै बालमैंत्री वडा घोषणा गर्ने,२०७६ साल चैत्र मसान्त भित्र नगरपालिकालाई पूर्ण बालमैंत्री नगरपालिका घोषणा गर्ने,बालमैंत्री नगरपालिका घोषणाका लागि संघिय सरकार र प्रदेश सरकारलाई अनुदानको लागि प्रश्ताव पेश गर्ने निर्णय गरेको हो त्यस्तै आगामी असार मसान्तर भित्र नगरपालिकालाई पूर्ण सरसफाइ युक्त नगरपालिका घोषणा गर्ने निर्णय भएको नगर प्रवक्ता दिपेन्द्र केसीले जानकारी दिनु भयो ।
कार्यक्रममा नगर प्रमुख छायाराम खनालले बालवालिका भोलिका देशको आधार भएकाले उनीहरुलाई सहि मार्गमा अगाडि बढाउन आवश्यक भएको स्पष्ट पार्नु भयो ।




समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


