बाढी र पहिरोमा ज्यान गुमाउनेको संख्या ४३ पुग्यो, २४ जना बेपत्ता ।
लगातारको वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानबाट ४३ जनाको ज्यान गएको छ । बाढी र पहिरोमा परेर २४ जना बेपत्ता भएका छन् भने २० जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
बाढी पहिरोमा परेर शनिबार साँझसम्म ललितपुरमा ५ जना, भोजपुरमा ५ जना, मकवानपुरमा ४ जना, काठमाण्डौ, खोटाङ, ओखलढुंगा र काभ्रेमा ३–३ जना, धादिङ, झापा, सिन्धुलीमा २–२ जना तथा पाल्पा, पर्सा, रामेछाप, इलाम, सुनसरी, बारा, रौतहट, सिराहा, धनुषा चितवन र डोल्पामा १–१ जना गरी ४३ जनाको ज्यान गएको हो ।
ज्यान गुमाउनेमा १८ जना महिला र २५ जना पुरुष रहेको प्रहरीले जनाएको छ । यस्तै, एक हजार एक सय ४ जनाको उद्धार गरिएको छ ।
महोत्तरीमा ५ सय जना, रौतहटमा २ सय जना, काठमाण्डौमा १ सय ८५ जना, सर्लाहीमा १०० जना, सिन्धुलीमा ७० जना, सप्तरीमा २५ जना, उदयपुरमा १० जना, ललितपुरमा ८ जना, सिरहामा २ जना तथा भक्तपुर, सुनसरी, मकवानपुर र खोटाङमा १–१ जना गरी जम्मा १ एक हजार एक सय ४ जनाको सकुशल उद्दार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
बाढी पहिरोमा परेर मकवानपुरमा ४ जना, धनकुटामा ३ जना, भोजपुर, सुनसरी, काभ्रे र सिन्धुलीमा २ जना, खोटाङ, धादिङ, चितवन, दोलखा र रामेछापमा १–१ जना गरी २० जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
यसैगरी, सिन्धुली ६ जना, इलाम र मोरङमा ३–३ जना, पाँचथर, झापा, उदयपुर, सुनसरी, पर्सा, रौतहट, महोत्तरी, सिराहा, धनुषा, धादिङ, काठमाण्डौ, ललितपुरमा १–१ जना गरी २४ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य र बाढीबाट प्रभावितहरुको उद्धारको काम भैरहेको पनि प्रहरीले जनाएको छ । (उज्यालो अनलाईन)
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


