बाढीपहिरो पिडितलाई स्याङ्जाका शर्माको आर्थिक सहयोग ।

रोशन लामिछाने/स्याङ्जा :
पुतलीबजार नगरपालिका ३ स्थीत बरसारेका ६७ वर्षीय हरिनारायण शर्माले बाढीपहिरो पिडित परिवारलाई २० हजार १ सय ११ रुपैयाँ नगद सहयोग गर्नु भएको छ । शर्माले प्रमुख जिल्ला अधिकारी कोषहरी निरौला मार्फत प्रधानमन्त्री राहत कोषलाई प्रदान गर्नु भएको हो ।
गत असार २६ गते लगातार परेको बर्षाका कारण मुलुकका बिभिन्न स्थानमा धनजनको क्षति भएकोले पहिरोपिडितलाई सहयोग गरेको शर्माले बताउनु भयो । उहाँले आफुले प्रदान गरेको नगद सहयोग पहिरोपिडि सामु पुग्ने विश्वास लिएको बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी निरौलाले उक्त रकम आजै प्रधानमन्त्री राहत कोषमा जम्मा गरिदिने बताउदै दुःखमा परेकालाई सहयोग गर्नु नै सेवा र धर्म दुबै भएकोमा बताउनु भयो । निरौलाले दुःखमा परेका सबैलाई सबैले सहयोग गर्नुपर्ने समय आएको धारणा राख्नु भयो ।
समाजसेवी शर्माले यसअघि पनि बाढी पिडितलाई एक लाख, बैशाखको हावाहुरी पिडितलाई ५० हजार र भूकम्प प्रभावितलाई २२ हजार नगद प्रदान गरिसकेका छन् । केही समय देखि लगातार परेको वर्षाका कारण करिब ३ दर्जनको मृत्यु भै सकेको छ भने कयौ घाईत तथा विस्थापित भएका छन् ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


