गत आर्थिक बर्षमा स्याङ्जाबाट करोडौ रकम फ्रिज ।
प्रकाश डोटेल/स्याङ्जा :
स्याङ्जामा आर्थिक वर्ष २०७५/०७६ मा संघीय सरकारबाट प्राप्त ५ अर्ब ६८ करोड ५१ लाख ९ हजार ४ सय ६९ रुपैयाँ चालु खर्चमा ९८ प्रतिशत खर्च भएर १० करोड ९२ लाख ३९ हजार ४ सय १२ रुपैयाँ फ्रिज भएको छ । संघबाटै प्राप्त पुँजिगत खर्चमा ५९ करोड २८ लाख ५४ हजारमा ७८.६४ प्रतिशत खर्च हुँदा १२ करोड ६६ लाख १५ हजार ५८ रुपैयाँ फ्रिज भएको छ ।
कुल बजेट ६ खर्ब २७ करोड ७९ लाख ६३ हजार ४ सय ६९ रुपैयाँमा ९६.२४ प्रतिशत खर्च भएकोमा असार महिनामा मात्रै बजेटको १४.६२ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।
प्रदेश सरकारले सोहि वर्ष दिएको चालु खर्च ४७ करोड ६० लाख ८४ हजार ९ सय ९८ रुपैयाँ मध्ये ८२.३४ प्रतिशत खर्च हुँदा ८ करोड ४० लाख ६९ हजार ५ सय ५२ रुपैयाँ फ्रिज भएको छ । प्रदेश सरकारको पुँजिगत तर्फ १ अर्ब ७ करोड ६७ लाख १९ हजार प्राप्त भएकोमा ८६.४२ खर्च भएर १४ करोड ६१ लाख ७० हजार १ सय ५३ रुपयाँ फ्रिज भएको लेखा कार्यालयले जनाएको छ ।
बजेट कायान्वयन गर्ने सरकारसँग तोकिएको समय सिमा नहुँदा सरकारी निकायले जथाभावी खर्च गर्ने परम्परालाई निरन्तरता दिएका छन् । फलस्वरुप प्रदेश सरकारबाट प्राप्त चालु खर्च शिर्षक बजेटको ४३.२९ प्रतिशत असार महिनामै सकिएको छ । पुँजिगत खर्च तर्फ भने असार महिनामा १३.५८ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रक खेमराज घिमिरेले बताउनु भयो ।
आर्थिक वर्ष २०७५/०७६ मा जिल्लास्थित सरकारी कार्यालयले पुँजिगत खर्च भने सन्तोषजनक गरेका छन् । सामान्यत पूर्णतया चालु खर्च गर्ने कार्यालयले पुँजिगत खर्च समेत सन्तोषजनक गरेका हुन । संघ अन्र्तगतका ६ कार्यालय र प्रदेश मतहतका ४ कार्यालय मात्रै ८० प्रतिशत भन्दा कम पुँजिगत खर्च गरेका छन् ।
संघ र प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ मा जिल्ला ११ स्थानीय तहलाई दिएको ४ अर्ब २८ करोड ८८ लाख २२ हजार १ सय ९६ रुपैयाँको ९९.१२ प्रतिशतले हुन आउने ४ अर्ब २५ करोड १२ लाख २७ हजार ८ सय ५१ रुपैयाँ खर्च गरेका छन् । ४ करोड ३ लाख पुँजिगत भने शतप्रतिशत खर्च गरेका छन् ।
समाचार
थप सामाग्री-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
-
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
खेम सारुमगर र गोपाल जिटीलाई कञ्चन पत्रकरिता पुरस्कार
३ हप्ता अगाडि
पोखरा : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’ खेम सारुमगर (कास्की) र गोपाल जिटी (स्याङ्जा)…


