अर्जुनचौपारी काठमाडौं समाजले गर्यो रक्तदान,सरकार अधोगती तर्फ गईरहेको नेता गुरुङको आरोप ।

आँधीखोला खवर/काठमाण्डौं :
अर्जुनचौपारी काठमाडौं समाजले खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा २ महिला सहित ३७ जनाले रक्तदान गरेका समाजले जनाएको छ । समाजिक र मानवीय सेवा गर्ने अभियान अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष राजेन्द्र चापागाईले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता धनराज गुरुङ्ले समाजले शुरु गरेको सामाजिक तथा मानवीय कार्य उत्कृष्ट रहेको बताउनु भयो । उहाँले देशका अवस्था दिन प्रतिदिन अधोगती तर्फ गईरहेको भन्दै जनता चनाखो हुनु पर्ने अवस्था आएको बताउनु भयो । नेता गुरुङले जनता बाढी र पहिरोले आक्रान्त भईरहेका बेला सरकार आफ्नो स्वार्थमा मात्रै केन्द्रित रहेको आरोप समेत लगाउनु भयो । उहाँले भन्नुभयो दुईतिहाईको सरकार जननताको लागि भन्दा नेता कार्यकर्ताको लागि मात्रै काम गरिरहेको छ ।

काठमाडौंको क्यापिटल हिल कलेज टेकुमा भएको रक्तदान कार्यक्रममा रक्तदाताहरूलाई प्रमाणपत्र तथा सहयोगीहरूलाई मायाको चिनो प्रदान गरिएको थियो । अर्जुनचौपारी काठमाडौं समाज स्याङजाको अर्जुनचौपारी स्थायी घर भई काठमाडौंमा बसोबास गरिरहेकाहरुको समाज हो ।
स्याङजा घर भई हाल काठमाडौं आई बसेकाहरुलाई विभिन्न समस्या परेमा सहयोग पनि गर्दै आईरहेको अध्यक्ष चापागाईले जानकारी दिनुभयो ।


समाचार
थप सामाग्री
जनताको समस्या समाधान गर्न सरकारसँग हातेमालो गर्छु : उमेदवार ढकाल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : गएको फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा नेपाली काँग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नं.–१ मा उम्मेदवार…


