अर्जेन्टिनालाई हराउँदै ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा ।
अर्जेन्टिनालाई हराउँदै ब्राजिल कोपा अमेरिकाको फाइनलमा पुगेको छ । रोबर्टो फिरमिनो र ग्याब्रियल जेससले उत्कृष्ट प्रदर्शन गरेपछि अर्जेन्टिनाको कोपा अमेरिका जित्ने अर्को एउटा अभियान विफल भयो ।

यसअघिका चार संस्करणमध्ये तीनवटाको फाइनलमा अर्जेन्टिना पराजित भएको थियो । यो पटक भने सेमिफाइनलबाटै बाहिरिएको छ । बेलो होरिजोन्टेमा भएको खेलमा ब्राजिलले अर्जेन्टिनालाई २–० ले हरायो । ब्राजिलको जितमा फिरमिनो र जेससले एक एक गोल गरे ।
खेलको १९औं मिनेटमा ग्याब्रियल जेससले गोल गरेका थिए । उनले रोबर्टो फिरमिनोको पासमा गोल गरे । ७१औं मिनेटमा फिरमिनोले जेससको पासमा गोल गर्दै ब्राजिललाई २–० को अग्रता दिलाए । बाँकी समयमा गोल हुन नसकेपछि अर्जेन्टिना पराजित भयो ।
फाइनलमा ब्राजिलले डिफेन्डिङ च्याम्पियन चिली र पेरुबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


