अर्जेन्टिनालाई हराउँदै ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा ।

अर्जेन्टिनालाई हराउँदै ब्राजिल कोपा अमेरिकाको फाइनलमा पुगेको छ । रोबर्टो फिरमिनो र ग्याब्रियल जेससले उत्कृष्ट प्रदर्शन गरेपछि अर्जेन्टिनाको कोपा अमेरिका जित्ने अर्को एउटा अभियान विफल भयो । 

यसअघिका चार संस्करणमध्ये तीनवटाको फाइनलमा अर्जेन्टिना पराजित भएको थियो । यो पटक भने सेमिफाइनलबाटै बाहिरिएको छ । बेलो होरिजोन्टेमा भएको खेलमा ब्राजिलले अर्जेन्टिनालाई २–० ले हरायो । ब्राजिलको जितमा फिरमिनो र जेससले एक एक गोल गरे ।

खेलको १९औं मिनेटमा ग्याब्रियल जेससले गोल गरेका थिए । उनले रोबर्टो फिरमिनोको पासमा गोल गरे । ७१औं मिनेटमा फिरमिनोले जेससको पासमा गोल गर्दै ब्राजिललाई २–० को अग्रता दिलाए । बाँकी समयमा गोल हुन नसकेपछि अर्जेन्टिना पराजित भयो ।

फाइनलमा ब्राजिलले डिफेन्डिङ च्याम्पियन चिली र पेरुबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP