बालबालिकाको समान अधिकारका लागि राज्य संवेदनशील हुनैपर्छ : उपसभामुख शर्मा ।

भवानी अधिकारी/स्याङ्जा :
गण्डकी प्रदेशका उपसभामुख सृजना शर्माले बालबालिकाका हक, हित र अधिकार सुनिश्चितताका लागि राज्यका ३ वटै तह संवेदनशील हुनै पर्ने बताउनु भएको छ । राज्यका नजरमा सबै बालबालिका समान भनिएता पनि ब्यवहारमा अझै लागु नसकेको उहाँको भनाई छ ।
स्याङ्जाको फेदिखोला गाउँपालिका १ स्थित कटुंजेमा संचालित अमोर सेवा नेपाल (बालगृह) मा शनिवार आयोजित ट्रष्ट हस्तान्तरण तथा सम्मान कार्यक्रममा बोल्दै उपसभामुख शर्माले संयुक्त राष्ट्र संघको महासभाबाट सन् १९८९ नोभेम्वर २० मा पारित भएको र सन् १९९० मा नेपालले पनि अनुमोदन गरेका ती ऐन सरहका दस्तावेजको पूर्ण कार्यान्वयन हुन नसकेको बताउनु भएको हो ।
बिगतका तुलनामा धेरै सुधार भए पनि बालबालिकाले पाउनै पर्ने सेवा सुबिधा पाउन नसकेको उहाँको भनाई छ । ‘अभिभावकत्व नभएका बालबालिकाको गाँस, वास, कपास, शिक्षा, स्वास्थ्यका लागि राज्यले सुनिश्चिता गर्नु पर्दछ । कोही पनि बालबालिका, महिला, जेष्ठ नागरिक, अपहेलित, अभिभावकत्व बिहीन र शिक्षा, स्वास्थ्य, गास, वास र कपासबाट बंचित हुन नपरोस् भन्ने राज्यको चाहना बमोजिम आफु अघि बढीरहेको उहाँले बताउनु भयो । अघिल्लो बर्ष नीति निर्माणका बर्ष भएको बताउदै उहाले अवका बर्षदेखि विकास तथा ऐन नियम कार्यान्वयनको बर्ष हुने दावी गर्नु भयो ।


अमोर नेपालमा आश्रित बालबालिकाकालागि सहयोग गर्न आफु र प्रदेश सरकार तयार रहने प्रतिवद्धता जनाउनु भयो । साथै उहाँले ‘१८ वर्ष भन्दा कम उमेरका सबै बालबालिकाले बिना कुनै भेदभाव नागरिक, राजनैतिक, आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार पाउनु पर्ने र ती सबै अधिकार अविभाज्य रहनु पर्ने कुरा लगायत अन्य अधिकारलाई स्थापित गरेको छ ।
कार्यक्रममा प्रेदश सदस्य मिनप्रसाद गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दास, पुतलीबजार नगरप्रमुख सीमा क्षेत्री, फेदिखोला गाउपालिका अध्यक्ष घनश्याम सुवेदी, वालिङ् नगर प्रवक्ता केदार काफ्ले, पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा, अन्तर पार्टी महिला संजालका अध्यक्ष तारा शर्मा, मानवसेवा समितिका राजन सापकोटा, ट्रष्ट निर्माणकर्ता जयबहादुर क्षेत्री लगायतले शुभकामना मन्तब्य सहित सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
अमोर सेवा नेपालका अध्यक्ष कमला पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव बिन्दु केसी र शिक्षक यामप्रसाद पौडेल कमलले संचालन गर्नुभएको थियो भने उपाध्यक्ष खिरकुमारी गुरुङ र बालिका अमृता थापाले स्वागत गर्नुभएको थियो ।
शान्ति तथा पुननिर्माण मन्त्रालय र बिभिन्न संघ संस्थाको आर्थिक सहयोगमा सुबिधासम्पन्न दुई तले भवन निर्माण गरिएको छ । २०६८ सालमा स्थापित बालगृहमा हाल २३ जना बालबालिका आश्रित छन । शिशुदेखि कक्षा १० सम्म अध्यनरत बालबालिका रहेको सो गृह मनकारीका मुठिदान र आर्थिक सहयोगवाट संचालनमा आएको अध्यक्ष कमला पराजुलीले जानकारी दिनुभयो ।

Facebook Comments Box
TOP