अमोर सेवाको कार्य सह्रानीय-सांसद मरासिनी ।

भवानी अधिकारी/स्याङ्जा :
पुतलीबजार नगरपालिका १ स्थित नबरत्न बचत तथा ऋण सहकारी संस्थाले सोमबार बालगृहलाई झण्डै ५० हजार मुल्य बरावरको जिन्सी सहयोग गरेको छ ।
फेदिखोला गाउँपालिका १ स्थित अमोर सेवा नेपालद्धारा संचालित बालगृहलाई सहकारीको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत छुट्टाइएको बजेटले सहयोग गरिएको हो । सहकारीले बालगृहलाई २५ वटा कुर्ची र बालबालिकालाई २५ वटा ट्रयाक सुट प्रदान गरेको हो ।
सामाग्री बितरण गर्दे सहकारीका संस्थापक अध्यक्ष एवं संघीय सांसद नारायणप्रसाद मरासीनीले अमोर नेपालको उदाहरणीय र सह्रानीय कार्यको प्रशंसा गर्दे यस्ता सहयोगलाई निरन्तरता दिईने बताउनु भयो ।

अमोर नेपालका अध्यक्ष कमला पराजुलीले बिभिन्न सरकारी निकाय, गैरसरकारी संस्था, ब्यक्तिगत सहयोगले बालगृह संचालनमा सहज बनेको जानकारी गराउनु भयो । कार्यक्रममा सहकारीका अध्यक्ष मोतीप्रसाद पौडेल, कार्यक्रम संयोजक वेदप्रसाद दोरंगा र सचिव पमनारायण अर्यालले बालगृहका लागि सहयोग गर्ने प्रतिवद्धता जनाए ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


