संसदमै पटक पटक लडेका नेकपा सांसदको माग, मेरो ज्यान जोगाईपाउँ ।
आँधीखोला खवर / काठमाडौं :
नेकपा सांसद खगराज अधिकारीले आफू संसदमा नै चारपटक लडिसकेको गुनासो गर्नु भएको छ । आईतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता अधिकारीले संसद सचिवालयले आफूहरु बस्ने गरेको सिटलाई व्यवस्थित नबनाईदिँदा संसदमा ४ पटक लडेको बताउनु भएको हो
उहाँले संसदमा भाँचिएको कुर्सी नै देखाएर यसलाई यथासक्य चाँडो बनाईदिएर आफू र सांसदहरुको ज्यानको सुरक्षा दिन माग गर्नु भएको हो । उहाँले अहिलेसम्म दूर्घटना नभएकोले बँचिएको भन्दै जुनसुकै दिन पनि यहाँ दूर्घटना हुनसक्ने चिन्ता जाहेर गर्नुभयो । आफूहरुले पटक पटक यस विषयमा गुनासो गर्दा पनि संसद सचिवालयले यस्ता कुर्सीहरु नहटाएको भन्दै उहाँले अबका दिनहरुमा कम्तिमा यस्ता कुर्सीहरु नराखिदियोस् भन्दै आग्रह गर्नु भएको छ । यसरी उहाँले ज्यानको सुरक्षाको बारेमा कुरा गरिरहँदा सभामुख महरा भने हाँसिरहनु भएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


