वालिङमा जेष्ठ २४ र २५ गते बैकिङ तथा बीमा एक्स्पो हुने ।
राधाकृष्ण डुम्रे / वालिङ :

स्याङ्जाको वालिङमा बैकिङ तथा बीमा एक्स्पो हुने भएको छ । बित्तीय जागरण राष्ट्रिय अभियान अन्तर्गत आगामी जेष्ठ २४ र २५ गते वालिङमा एक्स्पो गरिन लागेको आज वालिङमा पत्रकार सम्मेलन गरेर जानकारी दिईएको हो ।
मिडिया ईन्टरनेशनलको आयोजना तथा नेपाल राष्ट्र बैकको प्रवद्र्धन, बीमा समितिको सहकार्य र वालिङ उद्योग बाणिज्य संघको सहकार्यमा हुने एक्स्पोमा उद्यमशीलताको बारेमा बहस, बित्तीय साक्षरता सम्वन्धी विशेष अन्तरक्रिया गरिने बताईएको छ ।
पत्रकार सम्मेलनमा ग्रामिण अर्थतन्त्रको विकास, लघु उद्यमशीलतालाई प्रभावकारी बनाउने उद्देश्यका साथ राष्ट्र बैकको योजना अनुशार कार्यक्रम गर्न लागिएको बित्तीय जागरण राष्ट्रिय अभियानका संयोजक माधव निर्दोषले जानकारी दिनुभयो । उहाँले बीमामा पहुँच अभिवृद्धि, हुण्डीको न्युनीकरण, उद्यमशीलताको विकास,ग्रामिण अर्थतन्त्रको चलायमानमा एक्स्पोले महत्वपूर्ण योगदान दिने जानकारी दिनुभयो ।

कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले अव आर्थिक संवृद्धिको मात्रै भविष्य रहेको बताउनु भयो । आर्थिक एजेन्डा सवैको पहिलो प्राथमिकतामा रहनु पर्ने भन्दै दोहोरो अंकको व्याजदरले व्यवशायी मारमा परेको बताउनु भयो । प्रमुख खाँणले भन्नुभयो एक अंकको व्याजदरले मात्रै व्यवशाय फस्टाउन सक्छ । गरिमा विकास वैकका पूर्व अध्यक्ष समेत रहनुभएका खाँणले बैक तथा बित्तीय संस्थाको व्याजदर कम गर्नु पर्नेमा जोड दिनुभयो ।
प्रमुख खाँणले वालिङ नगरपालिकाले आगामी आर्थिक बर्षमा ५ वटा औद्योगीक क्षेत्रको स्थापना गर्न लागेको जानकारी दिदै ३ वटा ठुला र २ वटा साना औद्योगीक ग्राम बनाई वालिङमा विभिन्न खाले उद्योगहरु सञ्चालमा ल्याईने बताउनु भयो ।
कार्यक्रममा वालिङ उद्योग बाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले वालिङको आर्थिक विकासका लागि एक्स्पो सफल हुने धारणा राख्नु भयो । कार्यक्रमको सञ्चालन अभियानका सदस्य पवन ढकालले गर्नु भएको थियो । वालिङ उद्योग बाणिज्य संघको सिटिहलमा आयोजना हुने एक्स्पोको जेठ २४ गते नेपाल राष्ट्र बैकका गभर्नर चिरन्जीवी नेपालले उद्दघाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


