भीरकोटमा होमस्टे सम्वन्धी तालिम ।
आँधीखोला खवर / भीरकोट
स्याङ्जाको भीरकोट नगरपालिका २ को केघा होमस्टेमा पर्यटन एवं आतिथ्यता सम्बन्धी ३ दिने तालिम शुरु भएको छ । नेपाल पर्यटन बोर्डको प्रवद्र्धन र भीरकोट नगरपालिकाको आयोजनामा तालिम शुरु भएको हो । तालिमको उद्दघाटन गर्दै नगरप्रमुख छायाराम खनालले होमस्टेको कारण नगरपालिकामा पर्यटक भित्र्याउन सकिने बताउनु भयो उहाँले पर्यटकका लागि आवश्यक पर्ने सम्पुर्ण व्यवस्थापन पुरा गर्न आवश्यक रहने बताउनुभयो ।
प्रमुख खनालले हामस्टे मार्फत आफ्ना रितिरिवाज, परम्परा र संस्कृतिको संरक्षण गर्दै स्थानीय उत्पादनको प्रयोग गरी पाहुनाहरुलाई स्वागत गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा वडा नं. १ का अध्यक्ष एवं नगरप्रवक्ता दिपेन्द्र केसी, पर्यटनविद पदम केसी, नगरकार्यपालिका सदस्य विन्दु केसी लगायतले बोल्नुभएको थियो । ३५ घरपरिवारका महिला तथा पुरुषहरुको सहभागिता रहेको तालिममा प्रशिक्षक ताराबहादुर सारु र किरण थपलियाले प्रशिक्षण प्रदान गर्नुहुनेछ ।
वडा अध्यक्ष कमल त्रिपाठीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सदस्य कुलबहादुर गुरुङ र सञ्चालन योजना अधिकृत यामप्रसाद रेग्मीले गर्नुभएको थियो ।
उता ओखतीपानी तमु नासा होमस्टे भीरकोट ८ ओकादीमा सञ्चालित पर्यटन एवं आतिथ्यता सम्बन्धी ३ दिने तालिमको आईतबार समापन गरिएको छ । नेपाल पर्यटन बोर्डको प्रर्वद्धन र भीरकोट नगरपालिकाको आयोजनामा तालिमको आयोजना गरिएको थियो । तालिमको समापन गर्दै नगरप्रमुख छायाराम खनालले तालिमलाई पुर्ण कार्यान्वयमा ल्याई पर्यटन आगमनमा वृद्धि गर्न सहभागिहरुको समेत ठुलो भुमिका रहने बताउनुभयो ।
तालिममा त्यस क्षेत्रका ३५ जना महिला तथा पुरुषहरुको सहभागिता रहेको थियो भने सहजीकरण झमकप्रसाद ढकाल र कृष्ण भारतीले गर्नुभएको नगरप्रमुखका स्वकिय सचिव नन्दु खनालले बताउनुभयो ।
समाचार
थप सामाग्री-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
१ महिना अगाडि
स्याङ्जा : युगीन विचार, अभिव्यक्ति तथा लेखकीय स्वतन्त्रताप्रति प्रतिबद्ध सिर्जनशील नेपाली स्रष्टाहरुको गौरवशाली साझा संस्थाको रूपमा स्थापित नेपाली लेखक संघ…


