फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मलेसियासँग नेपाल पराजित
काठमाण्डाै – फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत आइतबार भएकाे खेलमा नेपाल र मलेसियासँग पराजित भएकाे छ । पहिलाे हाफ गोलरहित बराबरीमा सकिएको भए पनि दाेस्राे हाफ भने पूरै मलेसियाकाे पकडमा रहँदा नेपाल पराजित हुन पुग्याे ।
मलेसियाको बुकित जलील रंगशालामा भएकाे खेलमा नेपाल विरुद्ध घरेलु टिमले सुरुवाती ५ मिनेटमा तीन वटा आक्रमण गरेको थियो । जसमा उसले पहिलो प्रहार पोष्ट माथि प्रहार गयो भने दोस्रो प्रहारलाई किरण चेम्जोङले बचाए । त्यसपछि तेस्रो आक्रमण पोलमा लागेर फर्कियो । उसका सेजवान जेइनोनको प्रहार पोलमा लागेको थियो ।
२८ औं मिनेटमा नेपालले गोलको राम्रो अवसर पाएको थियो । तर विक्रम लामाको प्रहार पोलमा लागेर फर्किन पुग्यो । ३६ औं मिनेटमा मेलेसियका प्रयासलाई विफल पारेको नेपालले ४० औं मिनेटमा बल क्लियर गर्न पुग्दा देबेन्द्र तामाङले पहँलो कार्ड पाए ।
४१ औं मिनेटमा मलेसियाका मोहम्मदले नेपालका दुई जना डिफेन्डरलाई विट गरिसकेका बेला रजीन धिमालले क्लियर गरेका थिए । त्यस लगत्तै पनि रजिनले नै बल क्लियर गरेर नेपालको संकट टारेका थिए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा नेपालले मलेसियालाई रोक्न सकेन । ५०औं मिनेटमा मोहम्मद राशिदले गोल गर्दै मलेसियालाई अग्रता दिलाए ।
अनन्त तामाङले विपक्षी खेलाडीलाई फल गरेपछि मलेसियाले पेनाल्टी पाएको थियो । दोस्रो हाफ पूरै मलेसियाले बलमा पकड जमायो । ८१औं मिनेटमा मलेसियाले अर्को गोल गर्यो । शाहरुल मोहम्मद सादले गोल गरेका थिए ।
त्यसपछि नेपाल खेलमा फर्किन सकेन र पराजित भयो । यो नतिजाका कारण मलेसिया विरुद्ध नेपालको जित निकाल्ने लक्ष्य पूरा हुन सकेन ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


