फेदीखोला गाउँपालिकाले शुरु गर्यो युवा उद्यम कार्यक्रम ।

आँधीखोला खवर / फेदीखोला :
संघीय सरकारको सशर्त सहयोगमा फेदीखोला गाउँपालिकामा युवा उद्यम कार्यक्रम शुरु भएको छ । पालिकाभित्रका युवा जनशक्तिलाई परिचालित गरि उनीहरुलाई उद्यमशील बनाउने र उनीहरुकै माध्यमबाट रोजगार सिर्जना गर्ने उद्देश्य बमोजिम गाउँपालिकाले उक्त कार्यक्रम सञ्चालनमा ल्याएको बताएको छ ।
गाउँपालिकामा कोही पनि बेरोजगार बस्न नपर्ने र उद्यमशीलताको भरपुर उपयोग दिने उद्देश्यले यो कार्यक्रमलाई विशेष प्राथमिकताका साथ संचालनमा ल्याएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताउनु भयो । कार्यक्रमको उद्घाटन गर्दै सुवेदीले युवा उद्यम कार्यक्रमबाट ३ वटा समूहका ३० जना व्यवसायी बनिसकेको र उक्त ३० जनाको उद्यमशीलताले ३ सय, ३ हजार हुँदै हजारौं युवालाई रोजगार प्रदान हुने जानकारी दिनु भयो ।


उहाँका अनुसार कार्यक्रमअन्तर्गत वडा नम्बर १, २ र ४ का ३ वटा समूह जनजागृत युवा कृषि समूह, प्रगतिशिल युवा समूह, महाउद्यमी युवा समूहलाई उद्यम सञ्चालनार्थ ५ बर्षसम्म बिना ब्याज ५ लाख प्रदान गरिएको छ । कार्यक्रमका लागि आवेदन परेका १२ समूहमध्ये छनोट भएका जनजागृतले कागती खेती, प्रगतिशीलले कुखुरापालन र महाउद्यमीले बेकरी उद्योग चलाउने उहाँले बताउनु भयो । प्रत्येक समूहमा १६ देखि ४० वर्षभित्रका १० जना सदस्यको सहभागिता रहेको छ ।


समूहलाई पहिलो किस्तामार्फत ५० प्रतिशत रकम र उद्यमको कार्यप्रगतिको आधारमा बाँकी ५० प्रतिशत रकम स्थलगत अनुगमनपछि प्रदान गरिने गाउँपालिका कार्यालयले जनाएको छ । समूहले प्राप्त रकम एक वर्षसम्म पूर्णरुपमा परिचालन गर्न पाउने र दोस्रो वर्ष १० प्रतिशत, तेस्रो वर्ष २० प्रतिशत, चौथो वर्ष ३० प्रतिशत र पाँचौ वर्ष ४० प्रतिशत रकम युवा उद्यम विकास घुम्ती कोष खातामा फिर्ता गर्नुपर्ने छ ।
गुणस्तर एवं परिणाममा कार्यसम्पन्न नगरेमा वा बजेट हिनामिना गरेमा रकम असुलउपर गर्ने, सदस्यलाई कालो सुचिमा राख्ने तथा गाउँपालिकाका सेवा सुविधाबाट वञ्चित गराइने सुवेदीले बताउनु भयो । कार्यक्रममा बोल्दै महाउद्यमी युवा समूहका अध्यक्ष डिलबहादुर क्षत्रीले गाउँपालिकाले गरेको सहयोगप्रति आभार प्रकट गर्दै सहयोगको उचित सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

समूह जनजागृत युवा कृषि समूह, प्रगतिशिल युवा समूह, महाउद्यमी युवा समूहलाई उद्यम सञ्चालनार्थ ५ बर्षसम्म बिना ब्याज ५ लाख प्रदान गरिएको छ । कार्यक्रमका लागि आवेदन परेका १२ समूहमध्ये छनोट भएका जनजागृतले कागती खेती, प्रगतिशीलले कुखुरापालन र महाउद्यमीले बेकरी उद्योग चलाउने उहाँले बताउनु भयो । प्रत्येक समूहमा १६ देखि ४० वर्षभित्रका १० जना सदस्यको सहभागिता रहेको छ ।


समूहलाई पहिलो किस्तामार्फत ५० प्रतिशत रकम र उद्यमको कार्यप्रगतिको आधारमा बाँकी ५० प्रतिशत रकम स्थलगत अनुगमनपछि प्रदान गरिने गाउँपालिका कार्यालयले जनाएको छ । समूहले प्राप्त रकम एक वर्षसम्म पूर्णरुपमा परिचालन गर्न पाउने र दोस्रो वर्ष १० प्रतिशत, तेस्रो वर्ष २० प्रतिशत, चौथो वर्ष ३० प्रतिशत र पाँचौ वर्ष ४० प्रतिशत रकम युवा उद्यम विकास घुम्ती कोष खातामा फिर्ता गर्नुपर्ने छ ।
गुणस्तर एवं परिणाममा कार्यसम्पन्न नगरेमा वा बजेट हिनामिना गरेमा रकम असुलउपर गर्ने, सदस्यलाई कालो सुचिमा राख्ने तथा गाउँपालिकाका सेवा सुविधाबाट वञ्चित गराइने सुवेदीले बताउनु भयो । कार्यक्रममा बोल्दै महाउद्यमी युवा समूहका अध्यक्ष डिलबहादुर क्षत्रीले गाउँपालिकाले गरेको सहयोगप्रति आभार प्रकट गर्दै सहयोगको उचित सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Facebook Comments Box
TOP