ईन्टरनेट प्रदायक संस्था वल्डलिंकको ७२ औं शाखा स्याङ्जामा ।

रोशन लामिछाने / स्याङ्जा :
इन्टरनेट प्रदायक संस्था वल्डलिंकको ७२ औं शाखा स्याङ्जाको सदरमुकाम पुतलीवजारमा खोलिएको छ । २०५१ सालमा स्थापना भएको वल्डलिंक कम्युनिकेशनको यसअघि ७१ जिल्लामा शाखा कार्यालयहरु स्थापना भईसकेको कम्पनीले जनाएको छ । देशभर कम्पनीका झण्डै ३ लाख ५० हजार ग्राहक रहेकोे पोखरा शाखाका प्रमुख युसफ श्रेष्ठले जानकारी दिनुभयो ।
शाखाको पुतलीबजार नगरपालिकाका प्रमुख सिमा कुमारी क्षेत्रीले शाखाको शुभारम्भ गर्नु भएको हो । नगरप्रमुख क्षेत्रीले इन्टरनेटको माध्यबाट विश्व साघुरीएको बताउदै देश विदेशका नागरिकहरुसँग सम्बन्ध विस्तार भएको बताउनु भयो ।
कार्यक्रममा पोखरा शाखाका प्रमुख श्रेष्ठले ग्राहकको माग अनुसार वल्डलिंक कम्युनिकेशन स्याङ्जाको पुतलीबजार नगरपालिकामा आएको बताउनु भयो ।
शाखा उद्घाटन कार्यक्रममा नगर उपप्रमुख महेश पुरी, प्रशासकीय अधिकृत रुद्रबहादुर मल्ल, वडा अध्यक्ष निर्मल शेरचन र नेपाल पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा लगाएको उपस्थीति रहेको थियो ।
कम्युनिकेशनले पुतलीबजार नगरपालिकाका विभिन्न ५ ठाउँमा निशुल्क इन्टरनेट सेवा प्रदान गर्ने शाखा ईन्चार्ज हेमन्त शर्माले जानकारी दिनुभयो । उहाँले बाड्खोला, जिल्ला प्रहरी कार्यालय, जिल्ला अस्पताल, वडा कार्यालयहरु र ट्राफिकचोकमा निशुल्क इन्टरनेट रहने बताउनु भयो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


