ईन्टरनेट प्रदायक संस्था वल्डलिंकको ७२ औं शाखा स्याङ्जामा ।

रोशन लामिछाने / स्याङ्जा :

इन्टरनेट प्रदायक संस्था वल्डलिंकको ७२ औं शाखा स्याङ्जाको सदरमुकाम पुतलीवजारमा खोलिएको छ । २०५१ सालमा स्थापना भएको वल्डलिंक कम्युनिकेशनको यसअघि ७१ जिल्लामा शाखा कार्यालयहरु स्थापना भईसकेको कम्पनीले जनाएको छ । देशभर कम्पनीका झण्डै ३ लाख ५० हजार ग्राहक रहेकोे पोखरा शाखाका प्रमुख युसफ श्रेष्ठले जानकारी दिनुभयो ।
शाखाको पुतलीबजार नगरपालिकाका प्रमुख सिमा कुमारी क्षेत्रीले शाखाको शुभारम्भ गर्नु भएको हो । नगरप्रमुख क्षेत्रीले इन्टरनेटको माध्यबाट विश्व साघुरीएको बताउदै देश विदेशका नागरिकहरुसँग सम्बन्ध विस्तार भएको बताउनु भयो ।
कार्यक्रममा पोखरा शाखाका प्रमुख श्रेष्ठले ग्राहकको माग अनुसार वल्डलिंक कम्युनिकेशन स्याङ्जाको पुतलीबजार नगरपालिकामा आएको बताउनु भयो ।
शाखा उद्घाटन कार्यक्रममा नगर उपप्रमुख महेश पुरी, प्रशासकीय अधिकृत रुद्रबहादुर मल्ल, वडा अध्यक्ष निर्मल शेरचन र नेपाल पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा लगाएको उपस्थीति रहेको थियो ।
कम्युनिकेशनले पुतलीबजार नगरपालिकाका विभिन्न ५ ठाउँमा निशुल्क इन्टरनेट सेवा प्रदान गर्ने शाखा ईन्चार्ज हेमन्त शर्माले जानकारी दिनुभयो । उहाँले बाड्खोला, जिल्ला प्रहरी कार्यालय, जिल्ला अस्पताल, वडा कार्यालयहरु र ट्राफिकचोकमा निशुल्क इन्टरनेट रहने बताउनु भयो ।

Facebook Comments Box
TOP