विश्वकप क्रिकेट : भारतले दक्षिण अफ्रिकालाई ६ विकेटले हरायो,दक्षिण अफ्रिकाले लगातार तेस्रो हार ।
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई ६ विकेटले हराएको छ । योसँगै दक्षिण अफ्रिकाले लगातार तेस्रो हार व्यहोरेको छ ।
दक्षिण अफ्रिकाले दिएको २२८ रनको विजयी लक्ष्य भारतले ४७ ओभर ३ बलमा ४ विकेट गुमाएर भेट्टाएको हो । भारतका लागि रोहित शर्माले शतक प्रहार गरे । रोहितले नटआउट रहँदै १२२ रनको योगदान दिए । १४४ बल सामना गरेका उनले १३ चौका र २ छक्का प्रहार गरे । यस्तै ३४ बल खेलेका कप्तान विराट कोहली १८ रनमा आउट हुँदा महेन्द्रसिंह धोनीले ३४ रन बनाए । त्यस्तै केएल राहुलले २६ रन बनाए । दक्षिण अफ्रिकाका लागि कागिसो रबाडाले २ विकेट लिए । त्यस्तै क्रिस मोरिस र एन्डिल फेलुकवायोले एक-एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २२७ रन बनाएको थियो । १५८ रन बनाउँदा सात विकेट गुमाएको दक्षिण अफ्रिकालाई क्रिस मोरिस र कागिसो रबाडाको ६६ रनको साझेदारीले माथि उठाएको हो । क्रिस मोरिसले सर्वाधिक ४२ रन बनाउँदा रबाडा ३१ रनमा नट आउट रहे । कप्तान फाफ डु प्लेसिस ४२ रनमा आउट हुँदा फेलुकवायोले ३८ रन जोडेका थिए ।
बलिङतर्फ भारतका लागि युजबेन्द्र चाहलले सर्वाधिक ४ विकेट लिँदा भुवनेश्वर कुमार र जसप्रित बुमराहले दुई-दुई विकेट लिए ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


