विश्वकप क्रिकेट : भारतको अपराजित यात्रा जारी, वेष्ट इन्डिज बाहिरियो


इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा उपाधि दाबेदार भारतको अपराजित यात्रा जारी छ ।
गएराति भएको खेलमा भारतले वेष्ट इन्डिजलाई १२५ रनले पराजित गरेको हो । जितसँगै भारत सेमिफाइनल नजिक पुग्दा वेष्ट इन्डिज भने समूह चरणबाटै बाहिरिने निश्चित भएको छ ।
म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा भारतले दिएको २६९ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिजले ३४ ओभर २ बलमा अलआउट हुनुपूर्व १४३ रनमात्रै बनाउन सक्यो । क्यारेबियन टोलीलाई सस्तैमा रोक्न भारतका मोहमद शामीले ४ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले कप्तान विराट कोहलीको ७२ रनको मद्दतमा ५० ओभरमा ७ विकेट गुमाउँदै २६८ रन बनाएको थियो । भारतीय ईनिङ्समा महेन्द्रसिंह धोनीको ६८ रन पनि महत्वपूर्ण रह्यो । बलिङतर्फ वेष्ट इन्डिजका केमार रोचले ३ विकेट लिए ।
यो जितसँगै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको भारतले ६ खेलबाट ११ अंक जोडेको छ । जारी विश्वकपका भारतको यो पाँचौं जित हो । एक खेल वर्षाले अवरुद्ध भएको थियो ।
वेष्ट इन्डिजको भने यो पाँचौ हार हो । यो हारसँगै वेष्ट इन्डिज प्रतियोगिताबाट बाहिरिने तेस्रो टिम बनेको छ । पुछारबाट तेस्रो स्थानमा रहेको वेष्ट इन्डिजको ७ खेलबाट ३ अंक छ । यसअघि अफगानिस्तान र दक्षिण अफ्रिका प्रतियोगिताबाट बाहिरिसकेका छन् ।
प्रतियोगितामा आज श्रीलंकाले दक्षिण अफ्रिकासँग खेल्नेछ । जारी प्रतियोगितामा कमजोर प्रदर्शन गरिरहेको दक्षिण अफ्रिका समूह चरणबाटै बाहिरिने निश्चित भईसकेको छ भने श्रीलंकाको सेमिफाइनल पुग्ने गणितीय सम्भावना बाँकी छ । ६ खेलबाट ६ अंक जोडेको श्रीलंका तालिकाको सातौं स्थानमा रहँदा दक्षिण अफ्रिकाले ७ खेलबाट ३ अंक मात्रै जोडेको छ ।
समाचार
थप सामाग्री-
आमा औसीको अवसरमा बुद्धाश्रममा सामग्री वितरण र गण्डकी कोटिहोममा महायज्ञको उत्साह
-
गण्डकी कोटिहोम महायज्ञ प्रचारका लागि साइकल र्याली सम्पन्न
-
व्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिम ।
-
धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन पोखरामा साइकल र्याली हुने ।
-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।

सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
४ हप्ता अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगीको मुद्दा थुनामा पठाउन उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आदेश दिएको…