महिला नेतृत्व विकास, उद्दघोषण कला तथा कौसी खेति सम्बन्धी तालिम ।


आँधीखोला खवर/वालिङ :
वालिङ नगरपालिका वडा नं. १० ले महिलाहरुका लागि महिला नेतृत्व विकास, उद्दघोषण कला तथा कौसी खेति सम्बन्धी तालिम दिन शुरु गरेको छ । वडाले न्युरोड टोल विकास संस्थाका महिलाहरुका लागि नेतृत्व विकास उद्दघोषण र कौसीमा कसरी तरकारी फलाउने भन्ने विषयमा तालिमको आईतबार शुभारम्भ गरेको हो । तालिमको शुभारम्भ गर्दै वडा अध्यक्ष अनन्तराज गैह्रेले महिलाहरुलाई अगाडि बढाउन र महिला शसक्तिकरणका लागि नेतृत्व विकास र उद्दघोषण तालिमले सहयोग गर्ने बताउनुभयो । साथै वडा अध्यक्ष गैह्रेले बढ्दो बजारीकरण संगै आफ्नै घरको कौसिमा समेत व्यवस्थित रुपमा तरकारी फलाएर आफ्नो प्रयोजन र विक्रि वितरण समेत गर्न सकिने बताउनुभयो । वडा नं. १० लाई नमुना वडाको रुपमा विकास गरी वडाबासीलाई उत्पादनमुलक कार्यमा लगाउने र स्थानीयको कृषि उपज बजारीकरणका लागी वडाले सहयोग गर्ने आश्वासन दिनुभयो ।

कार्यक्रममा नगरपालिकाका सामाजिक विकास अधिकृत पदमप्रसाद पाण्डे, सहभागि मिना थापालगायतले तालिम निकै फलदायी हुने बताउनुभयो ।
न्युरोड टोल विकास संस्थाका अध्यक्ष पुर्णबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत कोषाध्यक्ष प्रकाश थापा र सञ्चालन वडा सचिव दिपेन्द्र गैह्रेले गर्नुभएको थियो । टोलका ३० जना महिलाहरुको सहभागिता रहेको तालिममा नेतृत्व विकास र उद्दघोषण सम्बन्धी सञ्चारकर्मी कला राना र कौसि खेति सम्बन्धी कृषि प्राविधिक गिता खनालले सहजीकरण गर्नुहुनेछ । तालिम मंगलबारसम्म सञ्चालन हुनेछ ।

समाचार
थप सामाग्री-
स्याङ्जामा बालिकालाई जवरजस्ती करणी गर्ने एक पक्राउ
-
उपकारको अधिवेशन असोज २९ देखि, उमेद्वार हुन तालिम र परीक्षा पास अनिवार्य
-
वालिङमा बसपार्क निर्माण गर्न नगर बिकास कोषसंग ऋण सम्झौता,नमुना बषपार्क बन्ने ।
-
राष्ट्रिय लोक तथा प्रतिष्ठान स्याङ्जाको वार्षिक साधारणसभा सम्पन्न
-
सरकार र शिक्षकहरूबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

भीरकोटले दियो प्राविधिक शिक्षाका लागि छात्रावृत्ति
४ दिन अगाडि
भीरकोट : स्याङ्जाको भीरकोट नगरपालिकाले ६ जना विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि पूर्ण छावृत्ति प्रदान गरेको छ । वालिङ नगरपालिकामा…