३ वर्षमा वालिङबासी स्मार्ट बन्नुहुन्छ : नगरप्रमुख खाँण ।
कला राना/ वालिङ :
वालिङ नगरपालिकाका प्रमुख दिलिपप्रताप खाँणले अवको ३ वर्षमा वालिङबासी स्मार्ट बन्ने बताउनुभएको छ । स्मार्ट सिटिको अवधारणामा अगाडि बढेको वालिङका प्रत्येक व्यक्ति स्मार्ट नबनी वालिङ स्मार्ट हुन नसक्ने बताउनुभएको हो । वडा नं. १० द्वारा आयोजित ३ दिने महिला नेतृत्व विकास, उद्दघोषण कला र कौसि खेति सम्बन्धी तालिमको बुधबार समापन गर्दै नगरप्रमुख खांणले वालिङ वृहत योजनाका साथ अगाडि बढेको बताउनुभएको हो ।
नगरप्रमुख खांणले भन्नुभयो, “हामी हरेक गाँउ–गाउँ तथा टोल–टोलमा पुगेर स्थानीयका माग गुनासो समेट्ने प्रयास ग¥यो ।” आफ्नो बाँकी ३ वर्षे कार्यकालमा स्मार्ट नागरिक बन्ने भन्दै उहाँले भन्नुभयो, “हाम्रो कार्यकालमा वालिङबासी स्मार्ट बन्नेछन्, अर्को निर्वाचित जनप्रतिनिधिहरुको लागी ५ वर्षे योजना र अर्को १० वृहत्तर योजना बनाएका छौँ ।” ति योजनाहरु केहि समयमा सार्वजानिक गर्ने भन्दै प्रमुख खांणले १८ वर्षमा वालिङ देशभरीकै उत्कृष्ठ नगरपालिका बन्ने विश्वास व्यक्त गर्नुभयो । प्रत्येक नागरिक चेतनशील हुन आवश्यक रहेको भन्दै व्यवहारमा परिर्वतन, सामाजिक भावना, सार्वजानिक सम्पत्तिको संरक्षणमा नागरिकको चासो हुनुपर्ने प्रमखु खांणले बताउनुभयो । चेतना र परिर्वतन नै विकास भएकाले हरेक नागरिकमा परिर्वतन आवश्यक रहने बताउनुभयो ।
कार्यक्रममा वडा अध्यक्ष अनन्तराज गैह्रेले वडाले कृषिलाई प्राथामिकता दिएकाले कृषिबाट स्थानीयलाई उद्यमशीलता बनाईने बताउनुभायो । साथै उहाँले हरेक टोललाई कस्तो बनाउने भन्ने भुमिका टोलबासीकै रहने भन्दै त्यसमा वडाले पुर्ण सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा वडा सदस्य लुकमाया एसके, प्रशिक्षक कला राना, सहभागि मिना थापा र कमला विक लगायतले तालिमलाई कार्यान्वयनमा ल्याउनुपर्ने बताउनुभयो । तालिममा न्युरोड टोल सुधार समितिका ३५ जना महिलाहरुको सहभागिता रहेको थियो भने तालिममा सञ्चारकर्मी कला राना र कृषि प्राविधिक गिता खनालले प्रशिक्षण दिनुभएको थियो । वडा अध्यक्ष गैह्रेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत टोल सुधार समितिका अध्यक्ष पुर्णबहादुर गुरुङ र सञ्चालन वडा सचिव दिपेन्द्र गैह्रेले गर्नुभएको थियो ।
समाचार
थप सामाग्रीझ्याप्ले खोला पहिरो : स्याङ्जाका एकैघरका तिनको मृत्यु
२ हप्ता अगाडि
स्याङ्जा: अविरल वर्षाका कारण पृथ्वीराजमार्गको नागढुङ्गा नौबिसे सडकखण्डको झ्याप्लेखोलामा आएको पहिरोमा परी स्याङ्जा गल्याङ नगरपालिका वडा न ३ लल्याङका एकै…