वालिङमा सञ्चालित ढाका बुनाई तालीमका सहभागीलाई प्रमाण पत्र वितरण ।

तोलाकान्त बगाले / वालिङ :
स्याङ्जाको वालिङमा बुधबार सम्पन्न भएको तीन महिने ढाका बुनाई तालीमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ ।
घरेलु तथा साना उद्योग विकास समिति स्याङ्जाको आयोजना र वालिङ नगरपालिकाको समन्वयमा भएको तालीमको समापन गर्दै वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले वालिङमा सकेसम्म अन्यत्र बनेका सामानलाई आयात नगरी स्थानीय तहमै उत्पादन भएका सामानको प्रयोगमा जोड दिनुपर्ने बताउनुभएको छ ।

“वालिङले सम्भावना बोकेका बस्तुहरुको खोजी गरी उत्पादन गर्नतर्फ लाग्नुपर्छ” नगर प्रमुख खाँणले भन्नुभयो, “अब बाहिरबाट सामानहरु आयात गर्नुभन्दा पनि यहाँ उत्पादन भएका सामानलाई विस्तारै बाहिर निर्यात गर्नतर्फ अग्रसर हुनुपर्छ ।”
वालिङको पहिचान, चिनारीकोरुपमा अहिलेसम्म त्यस्तो कुनै पनि बस्तु नभएको बताउँदै यहाँको पहिचान दिने गरी तपाईहरुले उत्पादन गर्नुहोस् नगरपालिकाले बजार ब्यवस्थापन गर्ने नगर प्रमुख खाँणको भनाई थियो ।

“तपाईहरु सीप सिकेसँगै अगुवा भूमिकामा हुनुहुन्छ” नगर प्रमुख खाँणले भन्नुभयो, “अब तपाईहरुको काँधमा जिम्मेवारी थपिएको छ आँफूभन्दा पछाडिकालाई सिकाउनुहोस् बीचमै आँफैले छोड्नुभयो भने नयाँ आउनेमा मनोबल गिर्छ ।”
कार्यक्रममा नगर उपप्रमुख कल्पना तिवारीले सिकेका सीपलाई दैनिक ब्यवहारमा उतार्न आग्रह गर्दै आत्मनिर्भर बन्न अभिप्रेरित गर्नुभयो । उद्योगहरु सञ्चालनका क्रममा आईपर्ने समस्याहरुमा नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउँदै उहाँले ब्यवसायिक उत्पादनतर्फ जोड दिनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुबेदी, घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख कृष्णप्रसाद पोख्रेल, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल, समाजसेवी खगीसरा थापा, वालिङ उद्योग वाणिज्य संघ महिला उद्यम विकास समितिका संयोजक कविता भुसाल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । वडा नं. ८ का वडा अध्यक्ष कमलप्रसाद सुबेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन रुपा थापाले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
-
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
खेम सारुमगर र गोपाल जिटीलाई कञ्चन पत्रकरिता पुरस्कार
४ हप्ता अगाडि
पोखरा : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’ खेम सारुमगर (कास्की) र गोपाल जिटी (स्याङ्जा)…


