वालिङ १३ का प्रावि तहमा अध्ययनरत विद्यार्थीहरुलाई झोला वितरण ।

ध्रुव गौडेल/वालिङ :
वालिङ नगरपालिका वडा न १३ ले आफ्नो वडा भित्र रहेका प्राविमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय झोला वितरण गरेको छ । वडा भित्र रहेका सवै सामुदायिक विद्यालय अन्तर्गत कक्षा १ देखि ५ सम्मका १ सय ८५ जना विद्यार्थीहरुलाई झोला वितरण गरिएको हो ।
वडा भित्रका लक्ष्मी माध्यमिक विद्यालय बोदिभञ्ज्याङ्ग, सरस्वती माध्यमिक विद्यालय खानिडांडा, मुटुभञ्ज्याङ्ग आधारभुत विद्यालय मुटुभञ्ज्याङ्ग, जनकल्याण आधारभुत विद्यालय कोल्टा र सर्वसक्ति आधारभुत विद्यालय पाठखोलामा अध्ययनरत विाद्यार्थीहरुलाई झोला प्रदान गरिएको हो ।
शिक्षक,विद्यार्र्थी तथा अविभाबकहरुका बीचमा छुट्टा छुट्टै कार्यक्रम गरि झोला वितरण गरिएको वडा अध्यक्ष आनन्द पाठकले जानकारी दिनुभयो । उहाँले सामुदायिक विद्यालयका विद्यार्थीहरु लाई थप हौसला पुगोस् भनेर झोला वितरण गरिएको बताउनु भयो ।
विद्यालय झोला वितरण कार्यक्रममा वडा सदस्यहरु अनरुद्र गैह्रे , महिला सदस्य द्वय भुमादेवि गौडेल र कल्पना वि क को उपस्थिती रहेको थियो । झोला वितरण कार्यक्रमको सहजिकरण वडा सचिव खुमाकान्त शर्माले गर्नुभएको थियो ।

Facebook Comments Box
TOP