वालिङ १३ का प्रावि तहमा अध्ययनरत विद्यार्थीहरुलाई झोला वितरण ।

ध्रुव गौडेल/वालिङ :
वालिङ नगरपालिका वडा न १३ ले आफ्नो वडा भित्र रहेका प्राविमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय झोला वितरण गरेको छ । वडा भित्र रहेका सवै सामुदायिक विद्यालय अन्तर्गत कक्षा १ देखि ५ सम्मका १ सय ८५ जना विद्यार्थीहरुलाई झोला वितरण गरिएको हो ।
वडा भित्रका लक्ष्मी माध्यमिक विद्यालय बोदिभञ्ज्याङ्ग, सरस्वती माध्यमिक विद्यालय खानिडांडा, मुटुभञ्ज्याङ्ग आधारभुत विद्यालय मुटुभञ्ज्याङ्ग, जनकल्याण आधारभुत विद्यालय कोल्टा र सर्वसक्ति आधारभुत विद्यालय पाठखोलामा अध्ययनरत विाद्यार्थीहरुलाई झोला प्रदान गरिएको हो ।
शिक्षक,विद्यार्र्थी तथा अविभाबकहरुका बीचमा छुट्टा छुट्टै कार्यक्रम गरि झोला वितरण गरिएको वडा अध्यक्ष आनन्द पाठकले जानकारी दिनुभयो । उहाँले सामुदायिक विद्यालयका विद्यार्थीहरु लाई थप हौसला पुगोस् भनेर झोला वितरण गरिएको बताउनु भयो ।
विद्यालय झोला वितरण कार्यक्रममा वडा सदस्यहरु अनरुद्र गैह्रे , महिला सदस्य द्वय भुमादेवि गौडेल र कल्पना वि क को उपस्थिती रहेको थियो । झोला वितरण कार्यक्रमको सहजिकरण वडा सचिव खुमाकान्त शर्माले गर्नुभएको थियो ।




समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


