भीरकोटमा आयमुलक क्रिष्टलको चुरापोते बनाउने तालिम सम्पन्न ।

आधिखोला खवर / स्याङजा :
महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउने उद्देश्यले स्याङजाको भीरकोट नगरपालिकाले वडा नं. ६ मा आयमुलक क्रिष्टलको चुरापोते बनाउने सम्पन्न भएको छ । नगरपालिकाले वडा नं. ५, ६, ७, ८ र ९ गरी ५ वडाका ५० जना महिलाहरुका लागी तालिम प्रदान गरेको हो । तालिम तिन दिन सम्म सञ्चालन गरीएको थियो ।

तालिमको समापन गर्दै भीरकोट नगरपालिका प्रमुख छायाराम खनालले सिपको सदुपयोग गर्दै सिपलाई विस्तार गरी व्यवसायिक बन्न सहभागिहरुलाई आग्रह गर्नुभयो । साथै प्रमुख खनालले एक घर एक रोजगार कार्यक्रमका साथ नगरपालिका अगाडि बढ्ने भन्दै स्थानीयको उत्पादनलाई बजारीकरणको लागि नगर प्रतिवद्ध रहेको बताउनुभयो । कार्यक्रममा नगरपालिकाका उपप्रमुख सिमा केसीकर्माचार्य, वडा नं. १ का अध्यक्ष एव्ां प्रवक्ता दिपेन्द्र केसी, प्रशिक्षक दुर्गा न्यौपाने, सहभागि सानु गुरुङ, सिता अर्याललगायतले बोल्नुभएको थियो ।

तालिम समिति संयोजक एवं वडा नं. ५ का अध्यक्ष यामप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. ६ का अध्यक्ष लक्ष्मण खत्रिले स्वागत र सञ्चालन विष्णुमाया काफ्लेले गर्नुभएको थियो ।

नगरपालिकामा रहेका ९ वटै वडाका महिलाहरुलाई तालिम दिईने बताईएको छ । बाँकी १, २, ३ र ४ वडाका लागी समेत तालिम दिईने तालिम संयोजक अधिकारीले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…